कालिकोट । सोसेक नेपाद्वारा संचालित ससक्त महिला , समृद्धि नेपाल कार्यक्रम अनुरुप सुभकालिका गाउँपालिकाको वडा नम्बर १,२ र ३ मा पहिलो वर्ष २०२४ को प्रगति बिवरण कार्यक्रम सम्पन्न भएको छ ।
कालिकोटको दुर्गम गाउँमा भएका बालबालिका, ज्येष्ठ नागरिक र युवायुवती पुस्ताकाबिचमा बालविवाह , छुवाछूत , जातीय विभेद , छाउपडी पर्था जस्ताको बुझाइ, भोगाइ न्यूनीकरण एक वर्षमा गरेका परिवर्तनका विषयमा सशक्त महिला समृद्ध नेपालको सहयोग समन्वय सुभकालिका गाउँपालिकाको आयोजना र सोसेक नेपालको सहजीकरणमा पहिलो वर्षको साझा एक्यबद्धताको विषयमा सोसेक नेपालले गरेका पहिलो वर्ष २०२४ को प्रतिफल बारेमा पालिका ७ वटा शाखा प्रमुख र स्थानीय सरकार द्वारा अनुगमन सगै गरिएको हो ।
सोमबार गरिएको अन्तर पुस्ता संवात, परिवार संवाद कार्यक्रम र अभिभावक रुपान्तरण कक्षा , किसोर किशोरीलाई रुपान्तरण कक्षा सञ्चालनका सोसेकले थालेका समाज परिवर्तन एक वर्षमा वडा, गाँउ र टोल टोलमा भएका परिवर्तन सम्बन्धि कार्यक्रममा पहिला अनि अहिलेको फरक बारे स्थानियले आफ्ना कुरा राखेका थिए ।
अन्तर पुस्ता संवात कार्यक्रममा जसमा करिब २५ जनाको सहभागितामा गरिएको कार्यक्रममा स्थानिय बिउरा अधिकारीले आफुले ११ वर्षमा बिबाह गरेर छोरा छोरी जन्माउन नसकेको १४ वर्ष सम्म बिरामी भएको जुन पेटको बिरामी भएर पाठेघर नै फालेको बताउनुभयो ।
उपस्थित भर्ता गाउँका ७२ वर्षका नयाँनाथ योगिले पहिलाको जमनामा छाउपडि हुदा ७ दिन सम्म भित्र घरमा गएर भात खान नमिल्ने, सुत्न नि नमिल्ले थियो अहिले आफ्नै छोरिले नमान्दा सगै खाने गरेको बताउनुभयो ।
परिवार संवातमा एकै घरका सासु, बुहारीले मिलेर खाने गरेको किसोर किसोरिलाई भिन्नता पनि नगरेका राजु कामिले बताउनुभयो । सोसेक नेपाल गाँउमा आईसके पछि पहिला र अहिलेको आकलन सासु ससुराले गरेका व्याबार धेरै अन्तर भएको समाज र परिवारमाअफैमा परिवर्तन ल्याउन जरुरी रहेको स्थानियहरुको भनाई थियो ।
अभिभावक रुपान्तरण कक्षा सन्चालन र किसोर किशोरीलाई रुपान्तरण कक्षा सन्चालन कालिका माध्यमिक बिधालय शुभकालिका गाउँपालिका २ मा ४० जनाको सहभागिता बिच सन्चालन गरियको थियो ।
पहिलाको अवस्थाम बालविवाह भएकाले दोस्रो विवाह गर्नुपर्ने अवस्था आउने। त्यतिबेला यो बालविवाह कुरै हुने गरेको थिएन। सानै उमेरमा विवाह गर्ने चलन थियो। कुनै महिलालाई पुरुषले मन परायो भने सिधै तानेर लिने चलन थियो। बालविवाहको पश्चताव हुन्छ अहिले। बालविवाहले शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने रहेछ’, सानै उमेरमा भएको विवाह सफल नभएको अभिभावक रुपान्तण कक्षाका अभिभावकको भनाई रहेको थियो ।
‘बालविवाहले प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्य र शिक्षामा असर पर्ने भएकोले गर्न नहुने किसोर किसोरिले भनाइ राखेका थिए । तेस्तै पहिलो पुस्ता र दोस्रो पुस्ताले बालविवाह गर्दा उनिहरुले भोग्नु भएको दुःख पीडालाई पनि हामीले बुझेका छौँ। कानुनी रुपमा पनि २० वर्षदेखि माथि पुगेपछि मात्रै विवाह गर्नु पर्दछ भन्ने बुझेका छौँ। बालविवाह गर्न नहुने कुरा सवै गाउँबस्तीमा पुगेर सचेतीकरण गर्नुपर्ने थप किसोर किसोरिको भनाईरहेको थियो ।
सो कार्यक्रममा शुभकालिका गाँउपालिका वडा न २ का वडा अध्यक्ष मन बहादुर शाहिको सभा अध्यक्षता वडा न ३ का वडा अध्यक्ष प्रकाश शाहि गाँउपालिका प्रसाशन प्रमुख नमराज चौलागाई कृषी शाखा प्रमुख कविराज ज्ञावलि ईन्जिनियर नरेन्द्र चौलागाई पशु शाखा प्रमुख मान बहादुर महतारा सव ईन्जिनियर अम्रेश यादव उधोग शाखा विरेन्द्र चौलागाई लगाएतको टोलिले अनुगमन गर्नुभएको हो ।
उक्त कार्यक्रम सोसेक नेपालका फिल्ड सुपरभाईजर सुदिप रावरले सहजिकरण समन्वय र कमला पोख्रेलले कार्यक्रम संचालन गर्नुभएको हो ।
पूरा भिडियो :