अपडेट

कर्मचारी युनियन कालिकोटको नवौं जिल्ला अधिवेशनबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति गठन

  ।   २४ कार्तिक २०८२, सोमबार १२:३९

कालिकोट । नेपाल निजामती कर्मचारी युनियन कालिकोटको नवौं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट लक्ष्मी प्रसाद पाण्डे सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूमा खुला उपाध्यक्ष गणेश बहादुर शाहि, समावेशी उपाध्यक्ष शक्ति सुनार, महिला उपाध्यक्ष कमला शाहि, सचिव नवीन भण्डारा, सह–सचिव सुजन ब शाहि, कोषाध्यक्ष हरिभक्त बोहरा, सह–कोषाध्यक्ष बिष्णा कु आचार्य लगायतका सदस्यहरू निर्वाचित भएका छन्।

सदस्यमा अनिल कुमार शाहि, दङ्गली बोगटी, बिरेन्द्र बहादुर शाहि, डम्बर बहादुर शाहि, जीवन बहादुर शाहि, धर्मराज न्यौपाने, अस्मिता कु शाहि, हसिना कु शाहि, प्रतिभा कुमारि शाहि, कर्ण प्रसाद पण्डित, एकदिन शाहि, नन्दकृष्ण बराल, हर्ष बहादुर शाहि, चित्र ढकाल, भुपेन्द्र बोहरा, बिनोद अधिकारी, टेक बहादुर शाहि र तिलकराज खत्री चयन भएका छन्।

त्यस्तै,प्रदेश महाधिवेशन प्रतिनिधिमा रामचन्द्र अधिकारी, धिरेन्द्र बहादुर शाहि, कलम बहादुर शाहि, टेक बहादुर महतारा, सिर्जना शाहि र धिरेन्द्र बहादुर के।सि। चयन भएका छन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नेत्र राज शाही, खडानन्द पाण्डे, अबिराज शाहि, जसेन्द्र बहादुर शाहि र पदमा शाहि निर्वाचित भएका छन्।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष लक्ष्मी प्रसाद पाण्डेले कर्मचारीको हकहित, सेवा–सुविधा र संगठन सुदृढीकरणका लागि आफ्नो कार्यकालमा सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संगठनलाई अझ सबल, गतिशील र प्रभावकारी बनाउन सबैको सहकार्य अपरिहार्य रहेको बताए।

त्यसैगरी अधिवेशनका सभा अध्यक्ष अबिराज साहीले संगठनका क्रियाकलापमा पारदर्शिता, उत्तरदायित्व र एकताको आवश्यकता औंल्याउँदै नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

अधिवेशनले सबै पदाधिकारी तथा प्रतिनिधिहरूलाई हार्दिक बधाईका साथ कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ।

Next Post

रास्कोट नगर प्रमुख शाहीद्वारा सडक स्तरउन्नतिको शिलान्यास

२४ कार्तिक २०८२, सोमबार १२:३९
कालिकोट । रास्कोट नगरपालिकाको बडिमालिका–देउरा पाटन सडकखण्डअन्तर्गत सेतिकोटसम्मको सडक स्तरउन्नति कार्यको औपचारिक शुभारम्भ भएको छ । सोमबार नगर प्रमुख धर्मराज शाही (पोषण) ले सडक स्तरउन्नति कार्यको शिलान्यास गरेका छन। स्थानिय पूर्वाधार सहयोग कार्यक्रम  (LISP) र रास्कोट नगर सरकारको साझेदारीमा सुरु गरिएको उक्त सडक स्तरउन्नति परियोजनाको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष, प्रमुख […]

सम्बन्धित शीर्षक