अपडेट

खाँडाचक्र–३ को वडा सभापतिमा भीमदल शाही निर्विरोध निर्वाचित

  ।   २४ आश्विन २०८३, शनिबार २१:०१

कालिकोट । नेपाली कांग्रेसको देउवा समूहअन्तर्गत कालिकोटको खाँडाचक्र नगरपालिका–३ को वडा सभापतिमा भीमदल शाही निर्विरोध निर्वाचित भएका छन्।

वडा अधिवेशनबाट उपसभापतिमा रत्नाकुमारी चौलागाईं (पाण्डे) र दानबहादुर विक चयन भएका छन। त्यसैगरी सचिवमा पुरादी पाण्डे तथा सहसचिवमा इन्द्रा शाही र पदमखर पाण्डे चयन भएका छन्।

अधिवेशनबाट जमुना देवकोटा (पाण्डे), कुलचन्द्र पाण्डे, सूरबहादुर शाही, वीरबहादुर शाही, धनकृष्ण पाण्डे, सुदृस्टी  बिष्ट (शाही), दुर्गबहादुर शाही, पुरी पाण्डे र धनप्रसाद पाण्डेलगायतका प्रतिनिधि तथा सदस्यहरू चयन भएका छन्।

अधिबेशनमा युवा नेता भूपेन्द्रजंग शाही, दमनराज शाही , सबिन कुमार बिष्टसहित कांग्रेसका नेताहरूको उपस्थितिमा वडा अधिवेशन सम्पन्न भएको हो।

यसैबीच, नेपाली कांग्रेस कालिकोटको १५औँ जिल्ला अधिवेशन आगामी असोज २७ र २८ गते हुने भएको छ। जिल्ला अधिवेशन तयारी समितिका जिल्ला संयोजक मातृका सिंहले जारी गरेको सूचनाअनुसार असोज २७ गते बिहान ११ बजे मान्म बजारस्थित प्रतिमा चोकमा उद्घाटन समारोह आयोजना गरिनेछ।

समितिले जिल्ला अधिवेशनको उद्घाटन समारोहमा कांग्रेसका नेता, नौवटै स्थानीय तहका पदाधिकारी, क्षेत्रीय प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, पार्टीका कार्यकर्ता र पत्रकारलाई उपस्थितिका लागि अनुरोध गरेको छ।