अपडेट

बडादशैं सुरु : आज घटस्थापना, घरघरमा जमरा राखिँदै

  ।   २५ आश्विन २०८३, आईतवार ०७:४२

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि विधिवत् रूपमा सुरु भएको छ। दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा आज देशभरका हिन्दू धर्मावलम्बीले वैदिक विधिअनुसार पूजा–आराधना गरी घरघरमा जमरा राख्दैछन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको उत्तम साइत रहेको छ। घटस्थापनासँगै दुर्गा भवानीको पूजा आराधना गरिने नवरात्र पर्व पनि प्रारम्भ भएको छ।

घटस्थापनाका दिन घरको पूजा कोठा वा दशैंघरमा शुद्ध माटो र बालुवा राखेर विधिपूर्वक जौ छर्ने परम्परा छ। त्यसरी छरिएको जौबाट उम्रिने पहेँलो जमरालाई दशैंको टीकाका दिन देवी दुर्गाको प्रसादका रूपमा ग्रहण गर्ने धार्मिक मान्यता रहेको छ।

नवरात्रभरि दुर्गा भवानीका नौ स्वरूपको पूजा आराधना गरिन्छ। धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको बडादशैंले परिवारका सदस्य तथा आफन्तबीच भेटघाट, मेलमिलाप र आत्मीयता बढाउनुका साथै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने विश्वास गरिन्छ।

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बडादशैं नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक एकताको पर्वका रूपमा स्थापित छ। यस पर्वमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले पुस्ताबीचको सम्बन्ध र पारिवारिक आत्मीयतालाई थप प्रगाढ बनाउने गर्दछ।

यस वर्षको विजयादशमी अर्थात् दशैंको टीका कात्तिक ४ गते परेको छ। घटस्थापनाबाट सुरु भएको दशैं पर्व विजयादशमीसम्म विभिन्न धार्मिक विधि, पूजा–आराधना र पारिवारिक जमघटका साथ मनाइन्छ।

Next Post

कालीकोटमा काङ्ग्रेस देउवा पक्षको जिल्ला अधिवेशनबारे पत्रकार सम्मेलन

२५ आश्विन २०८३, आईतवार ०७:४२
कालीकोट । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले कालीकोटमा आगामी असोज २७ र २८ गते हुने जिल्ला अधिवेशनलाई लक्षित गर्दै तयारी तीव्र बनाएको छ। अधिवेशनलाई व्यवस्थित र सफल बनाउन छवटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ। अधिवेशन तयारीबारे जानकारी दिन आयोजित आइतबार पत्रकार सम्मेलनमा जिल्लाका ८२ वटै वडा र नौ […]