अपडेट

सेनाद्धारा आपत्कालिन उद्दारका लागि निर्माण हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

  ।   २४ बैशाख २०८१, सोमबार १२:१५

सुर्खेत । नेपाली सेनाले जाजरकोटको कुशे गाउँपालिकालाई हेलिप्याड हस्तान्तरण गरेको छ । आइतबार सेनाले आपत्कालिन उद्दारका लागि निर्माण गरेको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

कुशे गाउँपालिका–६ थर्पुभर्मामा निर्माण गरिएको हेलिप्याड उत्तर पश्चिम पृतना सुर्खेतका पृतनापति उपरथी कृष्णदेव भट्टले गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतलाई हस्तान्तरण गरेका हुन् । कर्णाली प्रदेशका अधिकांश जिल्लाहरु भौगोलिक रुपमा विकट रहेको र सहज यातायातको पहुंचबाट टाढा हुनुले आपतकालीन उद्दारका लागि हेलिकप्टर प्रयोग अनिवार्य जस्तै भएको सन्दर्भमा उद्दार सहज होस् भन्ने हेतुले सेनाले हेलिप्याड निर्माण गरेको जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा जनहित कार्यक्रम शिघ्र प्रभावी योजना अन्तर्गत नेपाली सेनाको विनियोजित रकमबाट जाजरकोटको चन्दननाथ गणले हेलिप्याड निर्माण गरेको हो । हेलिप्याड निर्माण पश्चात् राष्ट्रपति महिला उत्थान कार्यक्रममा समेत योगदान पुग्नेछ । यस्तै, कुशे गाउँपालिका तथा आसपासका अन्य पालिकाहरुमा विभिन्न प्राकृतिक प्रकोप, सुत्केरी, घाईते तथा बिरामीहरुको आपत्कालिन उद्दार कार्यमा सहजता हुने जनाइएको छ ।

हस्तान्तरण कार्यक्रममा कुशे गाउँपालिका अध्यक्ष बस्नेतले हेलिप्याड संरक्षण र उचित प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपाली सेना तथा चन्दननाथ गणप्रति कृतज्ञता व्यक्त गरेका थिए । सो कार्यक्रममा श्री नं. ४ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी रोशन शम्सेर राणा, कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका कुमारी सिंह, स्थानीय निकायका प्रतिनिधिहरु, चन्दननाथ गणका गणपति प्रमुख सेनानी सविन प्रताप के.सी. अन्य सुरक्षा निकायका प्रतिनिधिहरु लगायत स्थानीय बासिन्दा लगायतको उपस्थिती रहेको थियो ।

यस्तै नेपाली सेनाले कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०८०/०८१ को चैत्र मसान्तसम्म सुत्केरी ७७ र अन्य ६१ गरी एक सय ३८ जनाको हवाई उद्दार गरेको जनाएको छ ।

Next Post

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव मध्यम खालको वर्षा

२४ बैशाख २०८१, सोमबार १२:१५
काठमाडौँ । नेपालमा धेरै पानी पर्नका लागि अरब सागरबाट र बङ्गालको खाडीबाट विकास भएको पानी पर्ने प्रणाली नेपाल आइपुग्नुपर्ने मौसमविद् बताउँछन् । एकतिरबाट मात्र पानी पार्ने प्रणाली नेपालमा आइपुग्दा हल्कादेखि मध्यम खालको वर्षा हुने र दुवैतर्फबाट आउँदा भने ठुलो पानी पर्ने मौसमविद् गोविन्द झाले जानकारी दिए । हाल नेपालमा पश्चिमी […]