छत्र रोका मगर रेडियो सुभकालिका
कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ५ मा पालिका स्तरीय बालसंजाल बैठक सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग , किर्डाक नेपाल कालीकोटको सहजिकरण, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा शुभकालिका गाउँपालिकाको समन्वय र पालिका स्तरीय बालसंजाल शुभकालिका कालिकोटको आयोजनामा उक्त बैठक भएको हो ।
संकल्प परियोजना अन्तरगत पालिका स्तरीय बैठकमा बालबालिकाले वडा स्तरमा गरेका कामको बारेमा छलफल समेत गरिएको छ। बालबालिकाले वडा स्तरमा आफूले चलाएका विभिन्न खालका अभियान बारे बताएको छ । उक्त कार्यक्रममा आगामी दिनमा कार्ययोजना अनुसार कामगर्ने, बालविवाह विरुद्ध अभियानहरू सञ्चालन गर्ने, गुणस्तरीय शिक्षाका लागि बालबालिका हरूलाई विद्यालयमा निरन्तर सहभागी गराउने , गाउँमा विद्यालय स्तरमा निरन्तर घरमा पढ्ने वातावरण सिर्जनाका लागि समय तालिका निर्माण गर्न पहल गर्ने र पालिका स्तरीय बैठकमा निरन्तरता लगायतका बिसयमा छलफल गरी निणर्य समेत गरीएको छ ।
उक्त कार्यक्रममा कविराज बिश्वक्रर्माको सभाअध्यक्षता शुभकालिका गाउँपालिका वडा नं ५ का वडा सदस्य जनक बहादुर शाहीको प्रमुख अतिथ्यता शुभकालिका गाउँपालिका बालकल्याण अधिकारी रन्जिता ओलीको विशेष आतिथ्यता र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अमृता अधिकारी , किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डे, भिडिसेफ नेपाल कालीकोटका शिक्षा अधिकृत हस्त रोकाया लगाएतका स्थानीय पत्रकार हरुको सहभागीतामा उक्तकार्यक्रम सम्पन्न भएको किर्डाक नेपाल कालीकोटका कार्यक्रम संयोजक सदानन्द तिमुल्सेनाले जानकारी दिनुभयो ।