कालिकोट । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कालिकोटले पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा आयोगले जिल्लामा एक सय पचास श्रेस्ता पुर्जा र सात सय निस्सा तयारीमा रहेको जनाएको छ ।
भुमी आयोगले जिल्लामा आजका दिन सम्म गरेका कामका प्रगति बिवरण र अबका दिनमा गर्न पर्ने काम विषयमा विशेष कुरा र पत्रकाका जिज्ञासा् समेतको जबाफ दिएको हो ।
जिल्ला समितिको सचिवालयमा मंगलबार सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा भुमि आयोग जिल्ला समिति अध्यक्ष चित्रबहादुर सिंहले विगतका अधुरा कार्यहरु अन्तर्गत १ सय ६५ श्रेस्ता पुर्जा तयार गरिएको बताए । तेस्तै वन समितिबाट प्राप्त उजुरीका कारण यथार्थ छानबिन पश्चात् राजस्व जम्मा गराएर पुर्जा बाँढिने बताए ।
सिंहका अनुसार जिल्लामा करीव ४ हजार निवेदन संकलन भएको र जसमध्ये हालसम्म आयोगको सूचना प्रणालीमा प्रविष्टी समेत भई ७ सय निस्सा वितरणको तयारीमा रहेको जनाए ।
आयोगले भूमिहीन सुकुम्वासी ५ घरपरिवार र भूमिहीन दलित १७ घर परिवार बाहेक बाँकी अव्यवस्थित बसोवासीका आवेदन संख्या धेरै रहेको जनाइएको छ ।
आयोगलाई स्रोत साधन सम्पन्न गराइएको खण्डमा वर्षदिनभित्र भूमि सम्बन्धि समस्या समाधान हुने जिल्ला समितिले प्रतिवद्धता गरेको छ भने आयोगको कामलाई विशेष प्राथमिकताका साथ सहयोग गर्न राजनीतिक दल , स्थानीय तहका साथै सरोकारवालाहरुमा आयोगले आग्रह गरेको छ ।
तेस्तै आयोगको इच्छा र चासोले मात्र पुर्जा वितरण सम्भव नहुने भएको हुँदा विशेषगरी स्थानीय तहको सक्रियता जरुरी रहेको आयोगका विज्ञ सदस्य मिमबहादुर कार्कीले बताए । आयोगका जिल्ला अध्यक्ष चित्रबहादुर सिंहकोअध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रममा आयोगका सबै पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।