अपडेट

कर्णालीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवालमा कर्मचारी तथा सरोकारवालासँग छलफल

  ।   १९ कार्तिक २०८३, बुधबार ११:०४

सुर्खेत। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोग्दै आएका समस्या, चुनौती र अधिकारका सवालमा कर्मचारी तथा सरोकारवालासँग छलफल गरिएको छ।

कात्तिक १८ गते बुधबार  नीलहिरा समाज (Blue Diamand socice), धुम्बाराही काठमाडौंको आयोजना तथा ‘कर्णाली इन्द्रेणी आवाज’ र ‘Rainbow Youth Leadesship’ कार्यक्रमको सहकार्यमा एकदिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा समुदायस्तरबाट उठेका विभिन्न सवाल, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान, अधिकार, उनीहरूले भोग्नुपरेका विभेद र सरकारी सेवा प्रवाहमा देखिएका चुनौतीका विषयमा प्रदेश सरकारका कर्मचारी तथा सरोकारवालासँग छलफल गरिएको हो।

कार्यक्रममा कर्णाली इन्द्रेणी आवाजकी अध्यक्ष अञ्जली बीसीले समुदायका सदस्यहरूले दैनिक जीवनमा भोग्दै आएका समस्या, आफ्नो पहिचान र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको वास्तविक अवस्थाबारे स्पष्ट पार्दै राज्यका निकायले उनीहरूका सवाललाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताइन्।

त्यस्तै, रोयम नेपालका प्रदेश संयोजक सन्तोष बीकले कार्यक्रमको समन्वय तथा सहकार्य गरेका थिए। कार्यक्रममा विजय बीक र विशाल ढकालले सहजीकरण तथा कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवाललाई सरकारी निकायसम्म पुर्‍याउन, सम्बन्धित कर्मचारीमा आवश्यक बुझाइ विकास गर्न तथा समुदाय र राज्यबीचको संवादलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विस्वास गरिएको छ।
कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवालका बारेमा मागपत्र कर्नली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय , मानव अधिकार आयोग र प्रदेश लोकसेवा आयोगमा बुझाउने तयारी गरिएको छ ।