विशेष तिहार सन्देशसहित खेलकुदमा एकताको सन्देश
कालीकोट। विशेष तिहार सन्देशसहित खेलकुदमार्फत समाजमा एकताको सन्देश फैलाउने उद्देश्यले खाँडाचक्र नगरपालिका–४, कालीकोटमा प्रथम वडा स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ।
तिहारको उल्लासमय अवसरमा आयोजना हुने सो प्रतियोगिता २०८२ साल असोज ३० गतेदेखि कार्तिक १ गतेसम्म सञ्चालन हुने आयोजकहरूले जनाएका छन्।
प्रतियोगिता उद्घाटन वडा अध्यक्ष प्रभानन्द आचार्यको विशेष उपस्थितिमा गरिनेछ। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन वडा नं। ४ का युवाहरूको सक्रिय पहलमा हुने भएको छ। यसले स्थानीय युवा र खेलप्रेमीहरूको उत्साह, सहभागिता र नेतृत्व क्षमतालाई उजागर गर्ने बताए ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” — मूल नारासहित हुने प्रतियोगिता वडा अध्यक्ष आचार्यका अनुसार, खेलकुदले राष्ट्र निर्माणमा योगदान पुर्याउने र युवालाई सकारात्मक मार्गमा डो(याउने विश्वाससहित प्रतियोगिता आयोजना गरिएको हो।
उनले भने, “यो प्रतियोगिताले कालीकोट जिल्लाका विभिन्न स्थानका भलिबलप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।”
टिम दर्ता म्याद समाजसेवी युवा मनोज बि।क का अनुसार टिम दर्ता २०८२ असोज २९ गतेदेखि ३० गते बिहान १०स्०० बजेसम्म खुला रहनेछ।
टिम दर्ताका लागि बिरेन्द्र बि.क — ९७६९४१७९५१,रबिन्द्र बि.क — ९८६८२४०९९२,प्रेम बि.क — ९८४८३७५१३६,महेन्द्र बि.क — ९८६८१२६२३७,ललित बि.क — ९८६५१३८४१०,दिनेश बि.क — ९७४२९५२२८७ लाई सम्पर्क गर्न सकिनेछ ।
प्रतियोगिता स्थल : श्री नवज्योति प्राथमिक विद्यालय, गैरा — खाँडाचक्र नगरपालिका–४, ताडि, कालीकोट रहेको छ ।
खेलकुदप्रेमी सम्पूर्ण युवाहरूलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाउन आयोजक समितिको हार्दिक आह्वान छ।तिहार विशेष स्मरणीय बनाउने यस पहलमा सहभागी भई कार्यक्रमलाई सफल बनाऔं।भन्ने आग्रह समेत वि .कले गरे ।








