अपडेट

कर्णाली सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै

  ।   २५ बैशाख २०८२, बिहीबार ०६:३५

सुर्खेत । कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसबाट किसान लाभान्वित भएका छन् ।

दुध उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन गर्न २०७८/७९ देखि किसानलाई दुध उत्पादनमा अनुदान दिएर प्रोत्साहन गर्दै आएको प्रदेश सरकारले सिधै किसानको खातामा रकम जम्मा गर्दै आएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार दुध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न हिमाली जिल्लामा प्रतिलिटर १० रुपियाँ र बाँकी जिल्लामा प्रतिलिटर पाँच रुपियाँ अनुदान उपलब्ध गराउँदै आएको छ । प्रदेश सरकारले हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटका किसानलाई १० रुपियाँ र सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुमपश्चिमका किसानलाई प्रतिलिटर पाँच रुपियाँ अनुदान दिँदै आएको हो ।

मन्त्रालयका सूचना अधिकारी तारा बरालले पछिल्लो समय दुध उत्पादन वृद्धि हुँदै गएको र किसान पनि यस कार्यक्रमबाट लाभान्वित हुँदै गएको बताउनुभयो। उनका अनुसार आव २०७८/७९ मा एक हजार पाँच सय जना दुध उत्पादक किसान लाभान्वित भएका थिए । दुई लाख ८२ हजार सात सय लिटर दुधमा २८ लाख २७ हजार भुक्तानी भएको छ । यस्तै आव २०७९/८० मा तीन हजार ५३ जना किसान लाभान्वित भएका छन् । २३ लाख ५४ हजार ५६८ लिटर दुधमा अनुदान दिएको थियो ।

आव २०८०/८१ मा तीन हजार ७७६ जना किसान लाभन्वित भएका थिए । उक्त आवमा ३७ लाख ९१ हजार ४२९ दुध उत्पादन भएको सूचना अधिकारी बरालले बताउनुभयो । चालु आव २०८१/८२ का लागि प्रदेश सरकारले एक करोड ३७ लाख आठ हजार रुपियाँ विनियोजन गरेको छ ।

Next Post

हिमाली बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा तालिम दैलेखको निगलपानिमा सम्पन्न

२५ बैशाख २०८२, बिहीबार ०६:३५
सुर्खेत । हिमाली बचत तथा ऋण सहकारी संस्थाको ३२१ औं संचालक समितीको पुर्ण बैठकले निणर्य गरेको सहकारी संथाका सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम दैलेख र सुर्खेतको सीमनामा सम्पन्न गरेको छ । विहबार  करीब ५० जनाको सहभागितामा संथाको दोस्रो तालिम दैलेखको निगलपानिमा सम्पन्न भएको हो । हिमाली बचत तथा ऋण सहकारी […]