अपडेट

सुर्खेतमा मोटरसाइकल–स्कुटी ठोक्किँदा पत्रकार वीरेन्द्र आचार्यको निधन

  ।   १२ मंसिर २०८२, शुक्रबार २२:४९

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ को कार्यालय अगाडिको सडक खण्डमा मोटरसाइकल र स्कुटी आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा मृत्यु हुनेमा कालिकोटका उदयमान पत्रकार एवं  प्रेस सेन्टर नेपाल कालिकोट अध्यक्ष तथा रेडियो तिला आवाज कालिकोटका संचालक  वीरेन्द्र आचार्य रहेका छन्।

मुलपानीबाट भुरेली तर्फ जाँदै गरेका २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र ३४ वर्षीय आचार्यले चलाएको लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटी एक–अर्कामा ठोक्किएको सुर्खेत प्रहरीले जनाएको छ।

दुर्घटनापछि गम्भीर घाइते भएका सुर्खेत, वीरेन्द्रनगर–१ बसोबास गर्दै आएका आचार्यलाई उपचारका लागि  प्रदेश अस्पताल पुर्‍याइएको थियो। तर, उपचारका क्रममा उहाँको निधन भएको प्रहरीले पुष्टि गरेको छ।

मोटरसाइकल चालक शाहीको अवस्था मध्यम रहेको र उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। उनको सुर्खेतमै उपचार भइरहेको छ।

 

परिवार शोकमा, कालिकोटबासी मर्माहत

सक्रिय युवा पत्रकार र सामाजिक अभियन्ताका रूपमा परिचित आचार्यको असामयिक निधनले कालिकोट मात्र नभई कर्णालीका सञ्चारकर्मी समुदाय नै स्तब्ध भएको छ। घरमा श्रीमती, विद्यालयमा अध्ययनरत  छोरा र छोरी रहेका छन्। परिवारका सबै सदस्यहरू अहिले सुर्खेतमै छन् र अत्यन्त शोकाकुल अवस्थामा छन्।

उनको निधनले कालिकोटमा आज ‘कालो दिन’ जस्तै महसुस भएको स्थानीयहरूले बताएका छन्। समाचार उत्पादनदेखि सामाजिक सरोकारका मुद्दाहरूमा अग्रसर रहँदै आएका आचार्यको योगदानलाई कर्णालीका पत्रकारहरूले स्मरण गरेका छन्।
घटना बारे थप अनुसन्धान भइरहेकोे प्रहरीको भनाइ छ ।

Next Post

हिमाली सहकारी संस्थाको २०औँ साधारण सभामा केसर बहादुर थापा अध्यक्ष निर्वाचित

१२ मंसिर २०८२, शुक्रबार २२:४९
सुर्खेत । हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभाले केसर बहादुर थापालाई सर्वसम्मत रूपमा नयाँ अध्यक्षमा चयन गरेको छ। २०८२ मंसिर १० गतेबाट सुभारम्ब गर्दै   संस्थाले मंसिर १३ गते सुर्खेत बहुमुखी क्याम्पसको सभाहलमा भव्य रूपमा साधारण सभा सम्पन्न गरेको हो। कार्यबहाक अध्यक्ष केशर बहादुर थापाको अध्यक्षता […]