सुर्खेत । हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभाले केसर बहादुर थापालाई सर्वसम्मत रूपमा नयाँ अध्यक्षमा चयन गरेको छ। २०८२ मंसिर १० गतेबाट सुभारम्ब गर्दै संस्थाले मंसिर १३ गते सुर्खेत बहुमुखी क्याम्पसको सभाहलमा भव्य रूपमा साधारण सभा सम्पन्न गरेको हो।
कार्यबहाक अध्यक्ष केशर बहादुर थापाको अध्यक्षता तथा नेफ्स्कुनका सञ्चालक वीरबहादुर रावत (भोटे)को प्रमुख आतिथ्यतामा सम्पन्न सभामा अन्य विशिष्ट अतिथि, कर्मचारी तथा शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको व्यबस्थापक खिम राज खड्काले बताए ।
साधारण सभाले आगामी कार्यकालका लागि ९ सदस्यीय सञ्चालक समिति चयन गरेको छ। जसमा अध्यक्ष- केसर बहादुर थापा, उपाध्यक्ष- भुमिसरा सारू, सचिव -टिका खत्री ,कोषाध्यक्ष- कमला कुमारी ढकाल र अन्य सदस्यहरू गरि चयन गरेको हो ।
१९औँ साधारण सभाका अध्यक्ष तथा प्रमुख अतिथि वीरबहादुर रावत (भोटे) ले आफ्नो कार्यकाललाई स्मरणीय बनाएको उल्लेख गर्दै संस्थाको विकासमा निरन्तर लगनशीलता र पारदर्शी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताए। उनले भनेस् “चुनौतीपूर्ण परिस्थितिबाट पनि संस्था अघि बढाउन सफल भयौँ। सदस्यहरूको विश्वास र सहयोगकै कारण सहकारीलाई मजबुत पायादारमा उभ्याउन सक्यौँ। नयाँ नेतृत्वले यसलाई अझ उचाइमा पुर्याउने विश्वास छ।” साथै आफ्नो जिम्मेवार पद भन्दा बाहिर रहदा सदा गरिने प्रतिबद्धता गरे ।
नयाँ समितिलाई सभाले सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। साधारण सभा सम्पन्न गर्न विभिन्न भूमिकामा रहेर सहयोग गर्ने सम्पूर्ण कर्मचारी, अतिथि तथा शेयर सदस्यहरूलाई संस्थाले विशेष धन्यवाद जनाएको छ।
नव–निर्वाचित अध्यक्ष थापाले निर्वाचित भएपछि थापाले आफूप्रति देखाइएको विश्वास र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गरे। उनले सहकारीलाई आधुनिक, पारदर्शी र उदाहरणीय संस्थाका रूपमा विकसित गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दै भनेस् “सहकारी आन्दोलनलाई अझ सबल बनाउनेछौं। सेवा–सुविधाहरूलाई आधुनिक र प्रभावकारी बनाउँदै सदस्यहरूको हित र विश्वासलाई मुख्य केन्द्रमा राखेर काम गरिनेछ। सबैको साथ, समर्थन र सुझावसहित संस्थालाई नयाँ उचाइमा पुर्याउनु मेरो मुख्य लक्ष्य हुनेछ।”
नव–निर्वाचित अध्यक्ष थापाले सबै शेयर सदस्य, पूर्व सञ्चालक समिति, सल्लाहकार तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनमा सहकारीलाई अझ सुदृढ, पारदर्शी र आदर्श सहकारीको रूपमा स्थापित गर्न निरन्तर साथ–सहयोग आवश्यक भएको बताए।








