नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

  ।   १७ असार २०८३, बुधबार ०७:०३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य कटौती गरिएको हो।

नयाँ मूल्यसूची १७ गतेदेखि लागू हुनेछ। काठमाडौंसहित तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेलको मूल्य १९५ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर २०६० रुपैयाँ तोकिएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नुका साथै भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद दरका आधारमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ।

Next Post

कविता- पुगेन पिरतीको फाको

१७ असार २०८३, बुधबार ०७:०३
कविता पुगेन पिरतीको फाको फुलेन भने सयपत्री बन्दैन रहेछ अग्लो हार बस्दैन रहेछ गलामा तर बिस्तारै सजिन परेयो भने शिरमा फुल्न परेयो भने कसैको बारीमा हुन छ भने झकिझकाउ समाधि सम्मको यात्रा खुसी हुदैन काडाको बस्ती कठोर बनी दिन्छ पत्थरको हृदय पग्लिदैन चिसो हिउँ घामको पहेँलो रश्मीले बाड्दैन पिरती फाको […]

सम्बन्धित शीर्षक