जुम्ला । जुम्लामा बेवारिसे अवस्था लुकाइ छिपाइ राखिएको एक थान भरूवा बन्दुक फेला परेको छ । चन्दननाथ नगरपालिका १ राजिकोट स्थित जंगलमा लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक फेला परेको हो ।
लुकाइ छिपाई राखेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्ला बाट प्रहरी निरिक्षक असीम हमालको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चन्दननाथ ९१ को गुईया खोलाको उत्तर तर्फ ओडारमा बेबारीसे अवस्थामा रहेको खैरो रङको जुटको बोरा र चिनिको बोराले बेरी लुकाई छिपाई राखेको १ नाले भरुवा बन्दुक फेला पारेको बताउनुभयो ।उहाँले भन्नुभयो , जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य जारी रहेको बताउनुभयो ।
साथै प्रहरी नायव उपरीक्षक छेदिलाल कामती कार्यालयमा हाजिर भए देखि एस,एल, आर ३ थान, कटुवा पेस्तोल २ थान, भरूवा बन्दुक ४ गरि ९ थान हातहतियार बरामद गरि आवश्यक कार्वाही तथा अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक कामतीले जानकारी दिनुभयो ।
यस्तै सडकमा पार्किङ गरि राखिएका गाडीको डिजेफ चार्ने एक जना लाई पक्राउ गरिएको छ । पक्राउ पर्ने रामेछाप जिल्ला सुनपाती गाउँपालिका ९२ का हाल जुम्ला जिल्ला चन्दननाथ ५ मा बस्ने र जुम्लाको कविन्द्र निर्माण सेवा कम्पनी प्रा.लि. मा काम गर्ने वर्ष ४० का प्रेम कुमार तामाङ्ग लाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कामतीले बताउनुभयो ।
जुम्लाको कान्तिपुर होटल अगाडी पार्किङ गरि राखेको बा.प्र.०१००४ क ३८०८ नम्वरको टिप्पर बाट १ सय ८५ लिटर डिजेल चोर्ने तामाङ प्रकाउ परेका हुन् । यस्तै चोरेको डिजेल किन्ने चन्दननाथ नगरपालिका – १ एयरपोर्ट स्थित खुद्रा पसलका संचालक राज बुढालाई बिक्री गरेको छु भनेकाले तत्काल प्रहरी टोलिले अशोक बुढा र किन्ने राज बुढाको समेत चोरी गरी बिक्री गरेको सुचनाका आधारमा पक्रेको उनको भनाइ छ ।