जुम्लाका बस्तीबस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तारको काम धमाधम

  ।   १ कार्तिक २०८१, बिहीबार १७:०७
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"square_fit":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

जुम्ला । जुम्लाका बस्तीबस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ । जुम्ला २०७८ भदौ महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

कर्णालीलाई पूर्ण विद्युतीकरण गर्ने प्राधिकरणको कार्ययोजना अनुसार बस्तीबस्तीमा प्रसारण लाइन विस्तारको काम तीव्र रूपमा भइरहेको हो । विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाको तथ्यांकनुसार जुम्लामा प्रसारण लाइन जोडिएको करिब साढे तीन वर्षको अवधिमा यहाँका २५ वटा वडामा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छ ।

एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लाका कुल ६० वटा वडा रहेका छन् । जसमध्ये हालसम्म २५ वटा वडामा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको नेपाल विद्युत प्राधिरकण जुम्लाका प्रमुख राम आशिष शाहले बताए । जुम्लाको पातारासी गाउँपालिकाका सातवटा वडा र गुठिचौरका पाँचमध्ये तीनवटा गरी कुल नौवटा वडाबाहेक ५१ वडामा राष्ट्रिय प्रसारण लाइन पु¥याउने कार्ययोजना छ ।

जसमा चन्दननाथ नगरपालिकाका १० वटै वडामा प्रसारण लाइन विस्तार भइसकेको छ । तातोपानी गाउँपालिकाका आठवटा वडामध्ये १ देखि ६ सम्मको ६ वडामा पूर्णरूपमा विद्युत विस्तार भइसकेको छ भने दुईवटा वडामा आशिंक रूपमा विद्युत पुगेको छ । तिला गाउँपालिकाका नौवटा वडामध्ये एकदेखि चारसम्म चारवटा वडामा पूर्णरूपमा विद्युत पुगिसकेको छ ।

तीनवटा वडामा आशिंक र दुईवटा वडामा विद्युत पुग्नै बाँकी छ । उता हिमाका सातवटा वडामध्ये ४ र ५ मा विद्युत पुगेको र बाँकी चार वडामा प्रसारण लाइन पुगेको छैन । साथै सिंजा गाउँपालिकाका ६ वटा वडामध्ये ३ र ५ नम्बर वडामा बत्ती पुगेको छ भने बाँकी चारवटा वडामा बत्ती पुग्नै बाँकी छ । कनकासुन्दरी गाउँपालिकाका ८ नम्बर वडामा मात्रै प्रसारण लाइन पुग्दा अझै आठवटा वडा बाँकी छन् ।

गुठिचौर गाउँपालिकाका पाँचवटा वडामध्ये दुईवटा वडामा बत्ती पुगिसकेको छ भने तीनवटा वडामा पुगेको छैन । पातारासी र गुठिचौरका नौ वडाबाहेक कुल ५१ वडामध्ये २५ वडामा बत्ती पुग्दा २६ वडामा अझै पुग्न बाँकी रहेको छ । विद्युत प्राधिकरण वितरण केन्द्र ग्राहक सेवा निर्देशनालयबाट ठेक्का आह्वान भई ‘वाइबा कन्स्ट्रक्सन’ले जुम्लाका गाउँमा विद्युत विस्तारको काम गरिरहेको छ ।

दसैं मनाएर ठेकेदार जुम्ला पुगिसकेकाले अब विद्युत विस्तारको काम तीव्र रूपमा हुने प्रमुख शाहले उल्लेख गरे । तिला गाउँपालिका–६ का अध्यक्ष जंग रोकायाले लामो प्रयासपछि आफ्नो वडामा पनि राष्ट्रिय प्रसारण लाइन जोडिएपछि खुसीयाली छाएको बताए । उनका अनुसार गाउँगाउँमा बत्ती पुगेसँंगै दैनिकी फेरिएको छ । उनले भने, ‘अब गाउँमै विद्युतीय काम तथा फर्निचर उद्योग सञ्चालनमा सहज हुनेछ ।’

Next Post

लेखक तथा साहित्यकार अमर अधिकारीसँग मिल्दाजुल्दा ब्यक्ति देखिएपछि

१ कार्तिक २०८१, बिहीबार १७:०७
काठमाडौं स्थित सरस्वती मन्दिर योग तथा साधना केन्द्र परिसरमा दशैँ टीकाको अवसरमा भैरहेको नाचगानमा सहभागी एकजना ब्यक्तिको स्वरुप कीर्तिमानी तथा चर्चित लेखक एबं साहित्यकार अमर अधिकारीसँग मिल्न गएपछि धेरैजना छक्क परेको देखिएको छ। पोशाक पनि उस्तै र अनुहार पनि उस्तै देखिएपछि अमर अधिकारी पनि आफै छक्क पर्नुभएको छ। नाच्दैगरेका ती […]