सुर्खेत । वीरेन्द्रनगर जेसिजको ४७ औँ साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट वीरेन्द्रनगर जेसिज वर्ष २०२६ का लागि जेसी आशिष थापा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।
वर्ष २०२४ अध्यक्ष जेसि हिक्मत सापकोटाका अनुसार कार्यकारिणी उपाध्यक्ष पदमा जेसी रिता शाही र जेसी अलिना सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ भने उपाध्यक्ष पदमा जेसी केशव ढकाल, जेसी नविन थापा, जेसी केशव न्यौपाने र जेसी तीर्थबहादुर बुढा निर्विरोध निर्वाचित हुनुभएको छ।
निर्वाचन परिणाम वीरेन्द्रनगर जेसिज वर्ष २०१७ का अध्यक्ष एवं निर्वाचन आयुक्त जेसी हरेन्द्र केसीको औपचारिक रूपमा घोषणा गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी दिलिप जंग शाहीले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै ४७ औँ साधारण सभा समापन तथा धन्यवाद ज्ञापन गर्नुभयो।
उक्त कार्यक्रम वीरेन्द्रनगर जेसिज वर्ष १९९८ का अध्यक्ष एवं नेपाल जेसिज वर्ष २००५ का राष्ट्रिय अध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
“Leadership for a Changing World” भन्ने नारासहित जेसिजले युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकास, उद्यमशीलता प्रवर्द्धन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।







