बैंकबाट लिएको ऋण तिर्नहुन्न भन्नेलाई नियन्त्रण लिन्छौ मन्त्री पुनले

  ।   २४ फाल्गुन २०८०, बिहीबार २१:३५

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन्।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेका नेपाल बैंकर्स संघका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नुहुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताए।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ऋण नर्तिन भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएकोसमेत उनले जानकारी दिए।

‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नुहुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन,’ पुनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नुहुँदैन।’

निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबल गिर्न नदिने प्रतिबद्धता मन्त्री पुनको थियो। मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेन्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको पुनले उल्लेख गरे।

‘सरकारले लगानीको वातावरण बनाउँछ। सुरक्षाको प्रत्याभूति दिलाउँछ,’ पुनले भने, ‘निजी क्षेत्र आत्तिने र डराउने वातावरणको सरकारले अन्त्य गर्छ।’ यो समाचार  नयाँ पत्रीका दैनिक बाट साभार हो ।

Next Post

कालिकोटमा बिजुलीको पोल छुदाँ करेन्ट लागेर २ जनाको मृत्यु

२४ फाल्गुन २०८०, बिहीबार २१:३५
कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल छुदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय प्रसारण लाइन पुगेको करिब एक महिना भयो तर लालुमा शनिबार बिहान घरनजिकै सायक पोल निकाल्ने क्रममा मेनलाइनको तार छुदा उक्त घटाना भएको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष कमल कुमार शाहले बताउनु भयो […]