कर्णाली चिसापानी नदीमा आएको बाढी

  ।   २९ भाद्र २०८१, शनिबार ०९:११
लम्की (कैलाली), २८ भदौ : कर्णाली नदीमा आएको बाढी सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न ठाउँमा लगातार भइरहेको वर्षातका कारण कर्णाली नदीमा शुक्रबार आएको बाढी र देखिएको कर्णाली पुलको दृष्य । चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङका अनुसार आज दिउँसो १ बजे गरिएको मापन अनुसार कर्णालीमा जलसतह ११.१५ मिटर पुगेको थियो । कर्णाली नदीमा पानीको सतह १० मिटर पुग्नु चेतावनी तह हो । यसैगरी, कर्णाली नदीको चिसापानी मापन केन्द्रमा पानीको सतह १०.८ मिटर पुग्नु खतरा मानिन्छ । शुक्रबार बिहानदेखि कर्णाली नदीमा पानीको बहाव निरन्तर बढीरहे पनि साँझ सात बजे गरीएको मापन अनुसार १०.६५ मिटरमा झरेको छ । तस्बिर : देवानन्द न्यौपाने/रासस

कैलाली। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न ठाउँमा लगातार भइरहेको वर्षातका कारण कर्णाली नदीमा शुक्रबार आएको बाढी कर्णाली पुलमा देखिएको छ ।

चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङका अनुसार शुक्रबार दिउँसो १ बजे गरिएको मापन अनुसार कर्णालीमा जलसतह ११.१५ मिटर पुगेको थियो ।

कर्णाली नदीमा पानीको सतह १० मिटर पुग्नु चेतावनी तह हो । यसैगरी, कर्णाली नदीको चिसापानी मापन केन्द्रमा पानीको सतह १०.८ मिटर पुग्नु खतरा मानिन्छ ।

शुक्रबार बिहानदेखि कर्णाली नदीमा पानीको बहाव निरन्तर बढीरहे पनि साँझ सात बजे गरीएको मापन अनुसार १०.६५ मिटरमा झरेको छ ।

Next Post

नारायण क्याम्पस स्ववियुको निर्वाचनमा अनेरास्ववियु प्यानल विजयी

२९ भाद्र २०८१, शनिबार ०९:११
दैलेख । नारायण क्याम्पस दैलेखमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुबाट स्ववियु सभापतिमा हिमबहादुर बस्नेत विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा बस्नेत नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई नौ मतले पछाडि पार्दै विजयी भएका हुन । […]