कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ७ र ८ मा बृहत् खर्समुल खानेपानी आयोजना शनिबार एक कार्यक्रमका बिच उद्घाटन भएको छ । १४ किलोमिटर टाढाको खानेपानी गाउँपालिकाको ७ र ८ को मदन डाँडा पुग्दा स्थानीय नागरिक हर्षित भएका हुन ।
उक्त वृहत् खानेपानी आयोजनाबाट धेरै स्थानीय नागरिकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । शनिबार एक कार्यक्रमका बिच शुभकमलिका गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष प्रेम बहादुर शाही र वडा नम्बर ८ का वडा अध्यक्ष दिपराज महतारले उक्त खानेपानीको उद्घाटन गर्दै खुसी साटासाट गरेका हुन।
नौला वन चिमाला खोलाको पानी १४ किलोमिटर टाढा रहेको र धेरै संघर्ष गरि मदन डाँडा पुर्याइएको वडा अध्यक्ष दिपराज महताराले बताए । मदन डाँडामा काकाकुलको अवस्था पुर्खौ देखि खेप्नु परेको वर्ष ६३ कि मौया शाहीले बताउनु भयो । शाहीका अनुसार मदन डाँडामा थुप्रै मान्छे बसोबास गर्ने गरेको र एक घन्टाको पैदल गोरेटो बाटो हिडेर पानी ल्याएर खाने गरेको दुःख सुनाउनुभयो।
वडा नं ७ का दलसुर शाही एक अगुवा कृषक हुनुहुन्छ । लेकालि भागमा उहाँको कथा अलि फरक छ। शाही सुनाउनु हुन्छ भेडा बाख्रा पालेको छु सधैं पानीको अभाव हुने गरेको थियो अहिले हर्सित छु । घर आगनमा पानी पुग्दा केही राहत भएको सुनाउनु भयो ।
खर्समुल खानेपानी आयोजना बाट धेरैले श्रम गरिरहेको र अहिले सम्म ४५ लाख रुपैयाँ भुक्तानी भैसकेको उक्त खानेपानी योजनाका अध्यक्ष अम्म बहादुर शाहीले बताउनु भयो । शाहीका अनुसार धेरै संघर्ष गर्दै रात दिन नभनी काम गरिरहेको अब जति सक्दो चाडै काम सम्पन्न गर्ने ७ र ८ मा घर घरमा पानीको धारा पुराउने प्रतिबद्वता जनाए ।उक्त पानीको सदुपयोग गरि कृषिमा आत्मनिर्भर बन्न सकिने वडा नं ७ का अध्यक्ष प्रेम बहादुर शाहीले बताउनु भयो ।
बृहत खानेपानी आयोजना बाट ७ र ८ का स्थानीय नागरिक लाई ठुलो राहत भएको बताउदै अब दुई वटै वडा मा पालिका सरकारले ठुलो सहयोग गर्ने बताउनु भयो । शनिबार खर्समुल खानेपानी आयोजनाका अध्यक्ष अम्म बहादुर शाहीको सभा अध्यक्षता शुभकालिका गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष दिपराज महतारा ,वडा नं ७ का अध्यक्ष प्रेम बहादुर शाही ,कार्यपालिका सदस्य पबेन्द्र बिश्वकर्मा,जिल्ला खाने पानी सिचाई तथा उर्जा विकास कार्यलय कालिकोट मार्फत उक्त बृहत खानेपानी आयोजनाको काम भई रहेको ईन्जिनियर रमेश बिश्वकर्माले जान्कारी दिनु भयो ।
सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,नागरिक समाज, पत्रकार लगाएतका अन्य सरोकार वालाहरुको सहभागीतामा कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमको सञ्चालन वडा नम्बर ८ का वडा सचिव वीरेन्द्र बहादुर शाहीले गर्नुभएको थियो।







