अवैध रुपमा भित्र्याउँदै गरेको एक ट्रक रासायनिक मलसहित दुई जना पक्राउ

  ।   २० फाल्गुन २०८०, आईतवार ०४:२१

रौतहट- जिल्ला प्रहरी कार्यलय रौतहटले एक ट्रक रासायनिक मलसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट आएको सवारी जेकजाँच गर्ने क्रममा परालको भुसभित्र लुकाएर ल्याएको करिब ५० हजार मूल्य पर्ने ६९ बोरा युरिया रासायनिक मल बोकेको ट्रकसहित दुई जनालाई पक्राउ गरिएको एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चितवन टाँडी नगरपालिका वडा नं.१३ बस्ने बर्ष ५६ का ट्रक चालक सुनिल दरै र रत्ननगर नगरपालिका वडा नं.१३ बस्ने ५३ वर्षीय ट्रक धनि गोबिन्द भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनिहरुलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा पठाईएको एसपी श्रेष्ठले जानकारी दिनुभयो

Next Post

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२० फाल्गुन २०८०, आईतवार ०४:२१
काठमाडौं। संघीय संसदको दुवै सदन अन्तर्गत ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ। बैठक विभिन्न समयमा सिंहदरबारस्थित समितिको आ–आफ्नै सभाकक्षमा बस्न लागेको हो। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून,न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक […]