कर्णाली जेसीज नयाँ नेतृत्वका लागि शाखा अधिवेशन २९ गते हुँदै

  ।   २७ पुष २०८१, शनिबार १६:५९

कालिकोट । कर्णाली जेसीज शाखा बर्ष २०२५ का लागि शाखा अधिवेशन पौष २९ गते हुने भएको छ।

कर्णाली जेसीज शाखा बर्ष २०२४ का अध्यक्ष जेसी गणेशमान पाण्डेको सभा अध्यक्षतामा २७ गते सनिवार बसेको बोर्ड बैठकबाट पौष २९ गते  खाँडाचक्र नगरपालिका वडा नम्बर १ को हलमा अधिवेशन हुने निर्णय गरिएको  हो ।

बोर्ड बैठकमा वर्ष २०२० का अध्यक्ष जेसी सविन कुमार विष्ट, वर्ष २०२१ का अध्यक्ष जेसि लक्ष्मण कुमार शाही, नि वर्तमान अध्यक्ष वर्ष २०२३ का हरि प्रसाद पाण्डे र कर्णाली जेसिज शाखा वर्ष २०२४ का पदाधिकारी लगाएतको उपस्थितमा बोर्ड बैठक बसेको हो ।

बोर्ड बैठकमा वर्ष भरी गरिएका कामको बारेमा समिक्षा गरिएको छ । कर्णाली जेसिज स्थापना देखी २०२४ सम्म गरिएका कमि कम्जोरि अवका वर्षमा सुधार गर्नलाग्ने पुर्व अध्यक्षको भनाइ समेत रहेको थियोे ।

अधिबेशन कार्यक्रम भव्य र सब्य बनाउन तयारीका लागी समिति उप – समिति सहित विभिन्न कर्णाली जेसिज पदाधिकारीको संयोजिकतामा समिति गठन गरिएको छ । वर्ष २०२३ का अध्यक्ष जेसि हरि प्रसाद पाण्डेको संयोजकतामा निर्वाचन मण्डल गठन गरिएको छ । उद्घाटन सत्र सकिय लगत्तै बन्द सत्रबाट नयाँ नेतृत्वको लागि अघाडी बढ्ने निर्वाचन संयोजक पाण्डेले बताउनुभयो ।

साथै आज पृथ्वीनारायण शाहाको जन्मदिनका अवसरमा साझ दिप प्रजनल गर्ने भएको छ ।

Next Post

कर्णालीमा ३ हजार बढी दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापतको रकम प्रदान

२७ पुष २०८१, शनिबार १६:५९
सुर्खेत । कर्णाली प्रदेश सरकारले तीन हजार बढी दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापतको रकम प्रदान गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले कर्णालीका तीन हजार सात ७६ जना दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापतको रकम प्रदान गरेको हो । गत आर्थिक वर्षमा प्रदेशभर उत्पादन भएको ३७ लाख ९१ हजार चार […]