हुम्ला । माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका– ३ रामका २५ वर्षिय धुव्र शाही रउक्त ठाउँ की २४ वर्षकी मनसुरा शाही रहेकी छन ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक
सुरेश सुवेदीका अनुसार घरभन्दा आधा घण्टाको दुरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरुको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए । उनका अनुसार उनीहरु सँगै गएका अर्का स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् ।
बुधबार बिहान ८ वजे तिर दशैँका लागि घर सजावट गर्ने सेतो ९कमेरो ०माटो खन्नेक्रममा ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको उनले बताए । घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मृतकको शव पनि पोष्टमार्टमको लागि स्थानीय स्वास्थ्यसंस्थामै राखिएको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।