हालको मौसम चट्याङ्गसहित हल्का बर्षा असिना पानी सम्भावना सचेत रहन आग्रह

  ।   १८ चैत्र २०८०, आईतवार १८:२२

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का बर्षा सहित असिना पानि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का बर्षा सहित असिना पानी  हिमपातको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का  बर्षा सहित असिना पानी हिमपातको सम्भावना रहेको छ।

 

 

Next Post

कास्कीमा जिप दुर्घटना २ जनाको मृत्यु १० घाइते

१८ चैत्र २०८०, आईतवार १८:२२
सुर्खेत । कास्कीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिप दुर्घटनामा १० जना घाइते भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका – ४ भदौरेस्थित थामडाँडामा आइतबार दिउशो ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुवाहक जिप सडकबाटकरीब २ सय ५० मिटर तल […]