सल्यान । सल्यानमा जङ्गली जनावरले क्षति पु¥याएका ७९ जना किसानलाई राहत वितरण गरिएको छ ।
डिभिजन वन कार्यालय सल्यानले जङ्गली जनावरले बालीनाली र चौपायामा क्षति पु¥याएका ७९ जना किसानलाई राहत वितरण गरेको हो ।
जिल्लाको शारदा नगरपालिका, कालीमाटी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकाका किसानलाई राहत वितरण गरिएको डिभिजन वन कार्यलय सल्यानका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । उहाँकाअनुसार चार पालिकाका ७८ किसानलाई ५ हजारका दरले ३ लाख ९० हजार र बाघले १० बाख्रा मारेका कालीमाटी गाउँपालिका ७ का एक किसानलाई १ लाख गरी ७९ जनालाई ४ लाख ९० हजार राहत वितरण गरिएको हो ।