सल्यानमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

  ।   २३ जेष्ठ २०८२, बिहीबार १८:३७

सल्यान । सल्यान जिल्लामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित भएका छन् ।बुधवार जिल्लाको कपुरकोट गाउँपालिकामा दलित र गैर दलित समुदायबिच विवाह गरेर सामाजिक सद्भाव र समानताको उदाहरण प्रस्तुत गर्ने जोडीहरूलाई सम्मान गरिएको हो ।

१४ जोडीहरूलाई नगद एक एक हजार रुपैयाँ र खादाले सम्मान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख हिरा वलीले जानकारी दिए । दिवसकै अवसरमा खुला नाटक, निबन्ध लेखन प्रतियोगिता समेत सम्पन्न भएको छ । निबन्ध प्रतियोगितामा मञ्जु विक पहिलो, सावित्री विक दोस्रो र रेणु सेर्पाइली तेस्रो भएकि थिइन् । उनिहरूलाई क्रमशः तीन हजार पाँच सय , तीन हजार र दुई हजार पाँच सय रुपैयाँ नगद सहित पुरस्कृत गरिएको इकाई प्रमुख वलीले जनाए । यस्तै नाटक प्रतियोगितामा पहिलो हुने ब्लुडाईमण्ड बोर्डिङ स्कुल, दोस्रो हुने चेतनशील आमा समूह र तेस्रो हुने जनचेतना स्वास्थ्य आमा समूहलाई पनि क्रमशः तीन हजार पाँच सय , तीन हजार र दुई हजार पाँच सय रुपैयाँ नगद सहित पुरस्कृत गरिएको उनको भनाई छ ।

कपुरकोट गाउँपालिकाको आयोजना तथा आइएम स्विस डेभलपमेन्ट र दलित विकास समाज सल्यानको सहकार्यमा दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका वक्ताहरूले समाजमा विद्यमान जातीय छुवाछुतजस्ता विभेदकारी अभ्यास अन्त्य गर्न सबैको प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए । गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी लगायतले बोल्दै छुवाछुत अन्त्यका लागि अन्तरजातीय विवाहले सकारात्मक भूमिका खेल्ने भन्दै अन्तरजातीय विवाह गर्ने युवाहरूले नयाँ सामाजिक चेतना फैलाएको बताएका थिए । सम्मानित भएका जोडीहरूले यस प्रकारको सम्मान पाउँदा आत्मबल बढेको र समाजको दृष्टिकोण परिवर्तन हुँदै गएको महसुस भएको बताएका थिए । कार्यक्रममा महिला, दलित, जनजाति तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

Next Post

अख्तियारआयोगले पूर्वप्रधानमन्त्री  नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२३ जेष्ठ २०८२, बिहीबार १८:३७
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री  माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । अनियमितता प्रकरणमा आरोपपत्र दायर भएसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री […]