अपडेट

अख्तियारआयोगले पूर्वप्रधानमन्त्री  नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  ।   २२ जेष्ठ २०८२, बिहीबार २०:३४

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री  माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

अनियमितता प्रकरणमा आरोपपत्र दायर भएसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बन भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फौज्दारी र भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएसँगै सार्वजनिक ओहोदाका व्यक्तिको सार्वजनिक पद स्वतः निलम्बन हुने प्रावधान छ । उहाँ सङ्घीय संसद्अन्तर्गत रौतहट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उहाँहरूविरुद्ध मुद्दा दायर गरेको छ ।

उक्त कम्पनीका संस्थापक सदस्य शालीग्राम सिंहसमेतले उक्त कम्पनीको नाम प्रयोग गरी(गराई कम्पनीको उद्देश्यको प्रतिकुल हुने गरी बदनियत राखी आफूसमेतका प्रतिवादीहरूलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पदधारण गरेका व्यक्तिसँगको मिलोमतोमा उक्त जग्गा खरिद प्रकरणमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा १० विपरितकार्य भएको आयोगको ठहर छ ।

सो प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको छ । यस प्रकरणमा १८ करोड ५८ लाख ५० हजार बिगो माग गरिएको छ ।

Next Post

दैलेखमा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु

२२ जेष्ठ २०८२, बिहीबार २०:३४
दैलेख । दैलेख जिल्लाको महाबु गाउँपालिका–४ बतासेमा सिकार खेलेर फर्किने क्रममा साथीले बोकेको भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । बिहीबार राति जंगली जनावरको सिकारबाट घर फर्किने क्रममा ओरालो बाटो झर्दा चिप्लिएको साथीको बन्दुक पड्किँदा स्थानीय पूर्णबहादुर थापाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी […]