कालिकोट । नबिल बैंक सिंजा शाखाले विद्यालयमा वितिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । “ग्लोवल मनि विक २०२४” को अवसरमा नबिल वैंक सिंजा शाखाद्धारा शुक्रबार जुम्लाको सिंजा गाउँपालीका वडा नम्बर ३ स्थित भैरभ माध्यामिक विद्यालयका विद्यार्थीहरु संग वितिय साक्षरता सम्बन्धी कार्यक्रम गरिएको हो ।
नबिल बैंकका ग्राहकले अन्तरशाखा कारोबार गर्न पाउने र एटिएम,मोबाइल बैंङ्किग ,इन्टरनेट बैंङ्किग ,किलियरिङ्ग, रेमिटेन्स, आई।पि।एस।, सि आस्वाका साथै हरेक उमेर समुहलाई लक्षितगरी बनाईएका बचत खाता र आकर्षक व्याजदरको मुद्वती खाताका साथै संसारको जुनसुकै कुनाबाट रेमिटेन्स् गरी पठाएको रकम सरल र सहज रुपमा भुक्तानी पाउनुका साथै बैंकको आन्तरीक रेमिटेन्स् ,बिदेशबाट पठाइएको रकम देशको जुनसुकै कुनामा पनी प्राप्त गर्न सकिने कुरा शाखाद्वारा आयोजित वित्तिय साक्षरता कार्यक्रममा बैंकका प्रबन्धक हरि बहादुर रावतले बताए ।
रावतले आजको युगमा डिजिटल वैंकिङ सेवा अपरिहार्यताको सन्दर्भमा विद्यार्थीलाई प्रकाश पार्दै वैंकिङ शिक्षाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सहित अन्य शिक्षक र करिब एक सय जना विद्यार्थीहरुको सहभागितामा वितिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
त्येस्तै नबिल बैंक सिंजा शाखाका कर्मचारी अर्जुन पाण्डेले वित्तिय साक्षरता कार्यक्रममा आफ्नो, भनाइमा भने यहि सेवा यहाँका नागरिकलाई आवश्यक रहेको र अवको नयाँ प्रविधीयुक्त युगमा विद्यार्थीहरुलाई पनी बितिय साक्षरता सम्बन्धी यो शिक्षा आवश्यक रहेको बताए ।