सरकारले वैशाख ११ भोलि सार्वजनिक बिदा दिने

  ।   १० बैशाख २०८१, सोमबार १४:४४

काठमाडौँ । भोलि मङ्गलबार सरकारले सार्वजनिक बिदा दिने भएको छ । नेपाल सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुएको छ । मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवलीकरण, पुनःस्थापना तथा पुनःनिर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले जानकारी दिनुभयो ।

 

Next Post

नेकपा स्थापनाको ७५ वर्ष पूरा हीरक महोत्सव ओलीद्वारा शुभारम्भ

१० बैशाख २०८१, सोमबार १४:४४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेकपा नेकपा स्थापनाको आज ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव प्रारम्भ भएको छ । आज ललितपुरको गोदावरीमा जारी हीरक महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको छ । महोत्सवमा प्रधानमन्त्री पुष्पकमल […]