अपडेट

हिमपातले कर्णाली लोक मार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध

  ।   ४ माघ २०८१, शुक्रबार १७:२९
फाईल फोटो

मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको भारी हिमपातले कर्णाली लोक मार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । बिहीबार परेको भारी हिमपातले नाग्म–गमगढी सडक अन्तरगत घुच्चिलेगमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ । यातायात व्यवसायी कमल रोकायाले घुच्चीलेकमा हिउँ जमेकोले मालवाहक र यात्रुवाहक दर्जनौँ गाडीहरू घुच्ची लेकमै अलपत्र परेको जानकारी दिए । उनका अनुसार घुच्ची देखि वाँदखोलासम्म सडकमा झन्डै एक फिट भन्दा बढी हिउँ जमेको छ ।

हिमपातले अलपत्र परेका यात्रु दिनेश बुढाका अनुसार बुलबुले र घुच्ची लेकमा बाक्लो हिउँ जमेकोले गमगढी पुग्न नसकेको बताउछन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख सरोज गिरीका अनुसार सडक डिभिजन कार्यालय जुम्ला सँग एक्स्काभेटर बाट जमेको हिउँ पन्छाउनलाई समन्वय भएको छ, तर मौसम अझै सुधार नहुँदा गाह्रो परेको बताए । उनले भने ‘मौसम सुधार हुँदा साथ हिउँ पन्छाउने काम हुन्छ, व्यवसायी र यात्रुलाई धैर्यताका साथ सुरक्षित बस्न आग्रह गरेका छन् ।’

Next Post

कर्णालीमा बढ्दो सडक दुर्घटना न्यूनीकरण : ‘सुरक्षित यात्राका लागि स्मरण अभियान

४ माघ २०८१, शुक्रबार १७:२९
सुर्खेत । कर्णालीमा बढ्दो सडक दुर्घटनाका न्यूनीकरणका लागि प्रहरीले ‘सुरक्षित यात्राका लागि स्मरण अभियान’ चलाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक हरिबहादुर बिसीले दुर्घटना रोकथामका लागि उक्त अभियान चलाइएको बताए । कर्णाली प्रदेशमा हुने सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्ने उद्देश्यले […]