कर्णालीमा बढ्दो सडक दुर्घटना न्यूनीकरण : ‘सुरक्षित यात्राका लागि स्मरण अभियान

  ।   ४ माघ २०८१, शुक्रबार १७:४२

सुर्खेत । कर्णालीमा बढ्दो सडक दुर्घटनाका न्यूनीकरणका लागि प्रहरीले ‘सुरक्षित यात्राका लागि स्मरण अभियान’ चलाइएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक हरिबहादुर बिसीले दुर्घटना रोकथामका लागि उक्त अभियान चलाइएको बताए । कर्णाली प्रदेशमा हुने सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्ने उद्देश्यले अभियान चलाइएको उनको भनाइ छ । अभियानको नारा ‘आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने राखिएको छ ।

बिहीबार मात्र प्रदेशका १० वटै जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत अस्थायी ट्राफिक प्रहरी पोस्टहरूमा यो कार्यक्रम गरिएको छ । अभियान अन्तर्गत कर्णालीमा सवारी दुर्घटना हुने स्थानहरूमा भएका सवारी दुर्घटनाहरूका तस्बिरहरू प्रतिबिम्बित गराई सवारी चालक र सह–चालकहरूलाई सचेतना गराइन्छ ।

उनले अगाडि भने, ‘अहिलेसम्म ४७ स्थानहरूमा प्रदर्शन तथा सचेतना कार्यक्रम गरिएको छ ।’ उक्त कार्यक्रमबाट सवारी चालक तथा सह–चालक गरी जम्मा १ हजार २४३ जना लाभान्वित भएको उनको बिसीको भनाइ छ ।

Next Post

शुभकालिकामा विद्यालय सम्बन्धी अभिमुखीकरण कार्यक्रम

४ माघ २०८१, शुक्रबार १७:४२
छत्र रोका मगर , रेडियो शुभकालिका कालिकोट । जिल्लाको शुभकालिकामा विद्यालय व्यवस्थापन समितिअध्यक्ष ,प्रअ प्रशिक्षक सरोकारवालाहरु सँग गृह विद्यालय सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । शुभकालिका गाउँपालिकाको वडा नम्बर ५ मा सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालको साझेदारीमा सञ्चालित सहयात्रा तेस्रो परियोजना अन्तर्गत गाउँपालिका वडा नम्बर ५ मा रहेका चारवटा विद्यालयका […]

सम्बन्धित शीर्षक