शुभकालिकामा विद्यालय सम्बन्धी अभिमुखीकरण कार्यक्रम

  ।   ४ माघ २०८१, शुक्रबार २०:२३

छत्र रोका मगर , रेडियो शुभकालिका

कालिकोट । जिल्लाको शुभकालिकामा विद्यालय व्यवस्थापन समितिअध्यक्ष ,प्रअ प्रशिक्षक सरोकारवालाहरु सँग गृह विद्यालय सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

शुभकालिका गाउँपालिकाको वडा नम्बर ५ मा सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालको साझेदारीमा सञ्चालित सहयात्रा तेस्रो परियोजना अन्तर्गत गाउँपालिका वडा नम्बर ५ मा रहेका चारवटा विद्यालयका सेवा क्षेत्रका र बालबालिकाको घरमा समयतालिका निर्माण गरि पढाइलाई कसरी निरन्तरता गर्ने भन्ने बारेमा छलफल गरिएको छ।

सो कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नम्बर ५ को आयोजना सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र भिडिसेफ नेपाल कालिकोटको सहजीकरणमा शुक्रबार अभिमुखीकरण कार्यक्रम गरिएको हो।

अभिमुखीकरण कार्यक्रममा वडा नं ५ मा रहेका चारवटा विद्यालयले कसरी समयतालिका निर्माण गरी पढाइलाई निरन्तरता गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको हो । विद्यालयमा अभिभावक ,शिक्षकहरूको भूमिकाबारे छलफल गरिएको छ ।

आगामी दिनमा पढाइलाई निरन्तर गर्न समयतालिका निर्माणका लागि मार्कर,डोरोईन पेपर लगायतका सामग्री हस्तान्तरण समेत गरिएको छ।

गाउँपालिका वडा नम्बर ५ कि कार्यवाहक अध्यक्ष राजु बि।क को सभाअध्यक्षता , वडा सदस्य जनक बहादुर शाही ,नम रोकाया विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावकहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको प्रशिक्षण भिडिसेफ नेपाल कालिकोटका शिक्षा अधिकृत हस्त रोकाले गर्नु भएको थियो ।

Next Post

कर्णाली जेसीजको १३ औं पद हस्तान्तरण समारोह उद्घघाटन

४ माघ २०८१, शुक्रबार २०:२३
कालिकोट । कर्णाली जेसीज कालिकोट शाखाको १३ औं पद हस्तान्तरण एवं पुरस्कार बितरण समारोह उद्घघाटन भएको छ।   कर्णाली जेसीज शाखा बर्ष २०२४ का अध्यक्ष जेसी गणेशमान पाण्डेको सभा अध्यक्षतामा र नेपाली काङ्ग्रेस कर्णाली प्रदेश प्रबक्ता दमन बहादुर शाहीको प्रमुख आतिथ्यता, तिला कर्णाली वहुमुखी क्याम्पस कालिकोटका क्याम्पस प्रमुख रुद्रप्रसाद सापकोटा […]

सम्बन्धित शीर्षक