सुर्खेत । युवा पत्रकारिता पुरस्कार २०८१ बाट आठ जना सम्मानित भएका छन् । पत्रकार महासंघ सुर्खेत शाखाले वर्षेनी वितरण गर्दै आएको युवा पत्रकारिता पुरस्कारमा आठ जना पत्रकार पुस्कृत भएका हुन ।
शनिवार महासंघ शाखा सुर्खेतको १२ औं अधिवेशन तथा साधारणसभाका अवसरमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नगद र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
पत्रकार महासंघ सुर्खेत शाखाले वर्षेनी वितरण गर्दै आएको युवा पत्रकारिता पुरस्कारमा आठ जना पत्रकार पुस्कृत भएका छन् । वर्ष पुरस्कारमा नेपाली रैबारका कार्यकारी सम्पादक नविन सुवेदी , कान्तिपुर टेलिभिजनका कर्णाली प्रमुख कमल पन्त, क्रियाशिल पत्रकारिता पुरस्कार शिलापत्र डटकमका ओम शाही, खानेपानी तथा सरसफाई पुरस्कार पहिलो प्रेस डटकमका शेरबहादुर थापा र सत्य पत्रिका डटकमका चन्द्रा कँडेल र स्व। नन्दु गेलाङ्ग पत्रकारिता पुरस्कारबाट रेडियो भेरीकी डिलु रावत पुरस्कृत भएकी छन् ।
यस्तै, महासंघले प्रदान गर्दै आएको शान्ति तथा विकास पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका रमेश रावल र स्काई न्यूज दैनिकका आकाशतारा बयक पुरस्कृत भएका छन् ।