कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–२ थामकोटमा बुधबार राति मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपालगन्जबाट खाद्यसामग्री, खुद्रा सामान, ग्याँस र सिमेन्ट बोकेको भे १ ख ४३२६ नम्बरको ट्रक राति करिब ८:३० बजे मान्म गाउँको मेयर खोलाबाट थामकोटतर्फ जाँदै गर्दा सडक भासिँदा करिब १०० मिटर तल खसेको हो ।
दुर्घटनामा दैलेख घर भएका चालक मान बहादुर सारु मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी टेक बहादुर रावतले जानकारी दिए।
‘रातको समयमा सडक भासिँदा दुर्घटना भएको हो,’ डीएसपी रावतले भने, ‘सडकमा ढुंगा हाल्न सहचालक झरेका कारण उनी बच्न सफल भएका छन्।’ दुर्घटनापछि ट्रकमा लोड गरिएको सामान सडकमा पोखिएको प्रहरीले जनाएको छ।