कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु

  ।   १७ जेष्ठ २०८१, बिहीबार १८:२०
साकेंतिक तस्बिर

सुर्खेत । कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ। बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए। उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए।

मसुरिया र हसुलियाको दुरी १७ किलोमिटर मात्रै छ। उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ। पछिल्लो केही दिनदेखि गर्मीसँगै तातो हावा (लु) चलेपछि जनजीवन कष्टकर बनेको हो। बिहीवार सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी (कैलाली)मा हालसम्मकै उच्च तापमान मापन गरिएको छ।

 

Next Post

प्रहरीको काम कारवाही थप प्रभावकारी बनाउन गृहमन्त्रीको सुझाव

१७ जेष्ठ २०८१, बिहीबार १८:२०
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गर्नुभएको छ । गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिनुभएको हो । उजुरी÷जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका […]

सम्बन्धित शीर्षक