रास्कोट अस्पतालमा स्वास्थ्य बीमा लागु हुँदै

  ।   २४ श्रावण २०८१, बिहीबार ०७:३१

कालीकोट । रास्कोट अस्पताल गौतुकोटमा स्वास्थ्य बीमा लागु हुने भएको छ । जिल्लाको रास्कोट नगरपालिकामा रहेको नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा सेवा लागु गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार स्वास्थ्य बीमाबाट उपलब्ध हुने सबै सेवाहरु सुचारु हुने भएको छ । अस्पतालले आफ्नै परिसरमा फार्मेसी स्थापना गर्ने र बीमितलाई तोकिएका सेवा तथा औषधि निरन्तर उपलब्ध गराउने अस्पताल व्यवस्थापक कौशल न्यौपानेले जानकारी दिए । ‘भदौं १ गतेदेखि रास्कोट अस्पतालबाटै स्वास्थ्य बीमा सेवा दिन सुरु हुनेछ,’ उनले भने, ‘यसले रास्कोटका नागरिकलाई यसले सहज हुनेछ ।’ नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेकोले नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चितालाई नगर अस्पतालबाट सेवा सुरु गर्न लागिएको रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाहीले बताउनुभयो । ‘गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्नका लागि स्वास्थ्य बीमा लागु हुने भएको छ,’ उनले भने, ‘बीमा कार्यक्रममा आवद्ध हुने कुनै पनि व्यक्तिले योग,पोषण, शिक्षा लगायतका प्रवर्द्धनात्मक कार्यक्रम, खोप, सुरक्षित मातृत्व, बहिरंग सेवा, भर्ना उपचार, आकस्मिक, शल्यक्रिया,औषधिलगायतका उपचारात्मक सेवा प्राप्त हुनेछन् ।’ अस्पतालले तोकिएको दरमा बहिरंग, अन्तरंग र आकस्मिक सेवा उपलब्ध गराउने र सोहीअनुसार बोर्डले भुक्तानी मिलाउने सम्झौतामा भएको स्वास्थ्य बीमा बोर्डका कालीकोटका जिल्ला संयोजक सर्पराज रोकायाले जानकारी दिनुभयो ।

‘गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता पनि गर्ने स्वास्थ्य बीमाको उद्देश्यअनुसार रास्कोट अस्पतालसँग स्वास्थ्य बीमा सम्झौता भएको छ,’ उनले भने, ‘हामीले सकेसम्म जिल्लाका सबै स्वास्थ्य संस्थाहरुसँग स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको बताउनुभयो ।

Next Post

कर्णाली योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियूक्त

२४ श्रावण २०८१, बिहीबार ०७:३१
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियूक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वीरेन्द्रनगर नगरपालिका-४, सुर्खेतका योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ […]

सम्बन्धित शीर्षक