अपडेट

नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख, प्रहरी नायब महानिरीक्षक क्षति न्यूनिकरणका लागि

  ।   ५ असार २०८२, बिहीबार १३:०४

रुकुम पश्चिम । नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख, प्रहरी नायब महानिरीक्षक
डिआईजीमाधव प्रसाद श्रेष्ठले विपतबाट हुनसक्ने क्षति न्यूनिकरणका लागि तयारी अवस्थामा रहन प्रहरीलाई निर्देशन दिनुभयको छ ।

जिल्लाको निरीक्षण तथा अनुगमनको क्रममा बुधबार रुकुम पश्चिम आएका डिआईजी श्रेष्ठले मनसुजन्य विपतबाट हुने क्षति न्यूनकिरणका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकोले तयारी रहन निर्देशन दिनुभयको हो । विगतका वर्षहरुमा भूकम्प र बाढीपहिरो समेतले धनजनको क्षति गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीका लागि सरोकारवाला सबै निकायहरुसँग आवश्यक समन्वय गरिरहन आवश्यक रहेको जनाउनु भयकोहा हो। जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा उनले नागरिकमैत्री सेवा प्रदान गर्नुपर्ने बताउनु भयको हो । जिम्मेवार भएर गुनासोरहित सेवा प्रवाह गर्नुपेर्न उहाँको भनाइ छ ।

डिआइजी श्रेष्ठले सेवाप्रति उच्च व्यवसायिक हुन, शान्ती, सुरक्षा र जनताको न्यायको लागि प्रहरी प्रतिको आशा र भरोसा कम हुन नदिन उनले निर्देशन दिए । यस क्रममा उनले थुनुवाहरुको अवस्था र विभिन्न शाखाबाट सम्पादन भएका काम कारबाहिको अनुगमन गरेका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिनु भयो। अनुगमनको क्रममा देखिएका कमी कमजोरीहरु सुधारका लागि समेत उनले निर्देशन दिनु भयको छ ।

 

Next Post

जुम्लाको काँडा गाउँमा एकै घरका ५ जना बेहोस

५ असार २०८२, बिहीबार १३:०४
जुम्ला । जुम्लाको सिंजा गाउँपालिका -६ काँडा गाउँमा एकै घरमा पाँच जना परिवार बेहोस भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार राति खाना खाइसकेपछि उनीहरू बेहोस भएका हुन । बेहोस हुनेमा सोहि गाउँका तिर्थ बुढाको परिवार रहेको छ। तिर्थकी ३२ वर्षीया श्रीमती नैनकली बुढा, छोरीहरू, १२ वर्षकी छोरी प्रतिक्षा […]

सम्बन्धित शीर्षक