कर्णाली कोरिडोरमा जोखिम ससाना खोलामा पुल नहुदाँ यात्रुले दुःख पाउन थाले

  ।   १२ जेष्ठ २०८२, आईतवार ११:५२

कालीकोट । वर्षा लागेसँगै जमुनाह–हिल्साको कर्णाली कोरिडोरमा जोखिम बढेको छ । कोरिडोरका विभिन्न ससाना खोलामा पुल नभएकाले बर्सातमा सधैँ सास्ती हुने गरेको छ । यो वर्ष पनि वर्षा सुरु भएसँगै यात्रुले दुःख पाउन थालेका छन् ।

कर्णाली कोरिडोरको खुलालु खण्डदेखि बाजुराको भुकाखोलासम्म पाँच वटा ससाना खोला छन् । तीमध्ये सबैभन्दा ठुलो खोला रास्कोट नगरपालिका–८ मा पर्ने फुगाड खोला हो । जहाँ कर्णाली कोरिडोर निर्माण गर्ने समयमा नेपाली सेनाले जोडेको बेलिब्रिज बाढीले बगाएको अहिले चार वर्ष पुग्दै छ । २०७९ असोजमा आएको बाढीले यहाँको बेलिब्रिजसहित झोलुङ्गे पुल बाढीले बगाएका कारण बर्सातको समयमा यात्रा निकै जोखिम हुने गरेको छ । बर्सात सुरु भएसँगै यहाँको यात्रा निकै जोखिमपूर्ण भएको छ । माथि भिरबाट ढुङ्गा खस्ने र खोलामा पानीको सतह बढ्ने भएकाले स्थानीय नागरिकदेखि कर्णाली कोरिडोरमा यात्रा गर्ने यात्रुले दुःख पाउने गरेका छन् । हिजोआज परेको सामान्य पानीले समेत यहाँ पानीको सतह बढिसकेको छ । जहाँ खोलामा मोटरसाइकल युवाको सहायतामा तारिरहेका छन् ।

बर्सातको समयमा पानी बढेमा मालवाहक गाडीसमेत तर्न सक्दैन । पुल भत्काउने गरी पानीको बहाब हुन्छ । स्थानीय भानुप्रसाद बरालले बर्सातको समयमा पानीको सतह धेरै हुने गरेको बताउनुभयो । हामीलाई निकै दुःख छ, खेती गर्नुपर्ने, यही ठाउँमा बस्नुपर्ने, बास यही छ तर भिरबाट ढुङ्गा र खोलाबाट बाढी दुवैतिरको त्रासमा हामी बस्ने गरेका छौँ, उनले भने, बरालले रास्कोट नगरपालिकाले ग्रामीण सडक निर्माण गरेकाले माथिल्लो क्षेत्रको जमिन थर्केका कारण ढुङ्गासँगै पानीको लेदो बग्ने गरेको सुनाउनुभयो। यहाँ पुल नभएकाले कोरिडोरमार्फत यात्रा गर्ने कालीकोटसँगै बाजुरा, मुगु र हुम्लाका नागरिकलाई असोजसम्म निकै दुःख हुने गरको छ ।

Next Post

जुम्लाको देवारगाउँमा बाढीपहिरोले किसानका मार्सी धान बेर्नामा क्षति

१२ जेष्ठ २०८२, आईतवार ११:५२
जुम्ला । बाढीपहिरोले जुम्लाको हिमा गाउँपालिका–१ देवारगाउँका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्याएको छ । अविरल वर्षापछि आएको बाढीपहिरोले खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रुपमा क्षति पुर्‍याएको हो । मार्सी धान रोपाइँको तयारीमै रहेका बेला असिनापानीपछि आएको बाढीपहिराले धानका बेर्नामा क्षति गर्दा किसानहरु रोपाइँ नहुने चिन्तमा […]