सुनेर होइन आफु कस्तो व्यत्ति बन्ने ध्यान गर्न जरुरी : मन्त्री भण्डारी

  ।   ११ फाल्गुन २०८१, आईतवार १७:४०

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनिश्याम भण्डारीले धर्मले मानिसलाई सकरात्मक कुरा ल्याउने बताएका छन । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एबम् राजकीय प्रशिक्षण केन्द्र नेपाल, सुर्खेतद्वारा ईश्वरीय सेवामा ८९औं महाशिवरात्री महोत्सव उत्प्रेरणा, स्नेह मिलान एबम् शिवमय सांस्कृतिक कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन ।

सभ्य समाज निर्माणको क्रममा विश्व विद्यालयले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सुधारोन्मुख कार्य हुने अपेक्षा व्यक्त गरे। संसार भर उज्यालोको खोजी भइरहेको छ। हरेक धर्मले लाइटलाई पुज्ने गरेको छ। उज्यालो भनेको सफा, सुन्दर र खुशी हो। त्यसका लागि यस किसिमका कार्यहरूबाट आफुलाई रिचार्ज गरेर मानसिक शान्ती प्राप्त हुने विश्वास व्यक्त गरेका थिए।

प्रजापिता व्रहमाकुमारी ईश्वरीय विश्वद्यिालय एवं राजयोग प्रशिक्षण केन्द्रका उपाअध्यक्ष एवं क्षेत्रिय प्रमुख दुर्गाले भग्वानका नाम लिइदै गरिने नसाको न्युनिकरण गर्नका लागि यस कार्यक्रमको आयोजना गरेको जानकारी दिइन । मानिस खुुसी हुनका लागि जन्म दिन,पारिवारिक भेटघाट र बाहिरी मनरञ्जन मात्रै खुसी नभई निरन्तर स्वम् आफु नै खुसी हुन जरुरी रहेको बताइन ।

स्वम् चिन्तनले आत्म उन्नतसिधि अथार्त माथि उठ्दै जान्छ र परचिन्तनले मानिसलाई तल झदै जाने बताइ । आफ्नो बारेमा आफुमात्रै खुसी हुनुपर्छ तर सकरात्मक सोचले अघि बढ्नुपर्ने जानकारी दिइन् । उनले देशमा जतिधेरै आविष्कार भयो त्यती धेरै चिन्तन तथा अशान्ति हुदै गएको बताइन ।

प्रकृतीको तालमेल नमिल्दा देशमा नै समस्या आएको बताइन । उनले थपिन पत्रकार अरुको न्यायको लागि भाग्छ त्यसलाई व्यवस्थीत बनाउन पत्रकारले आफुलाई पनि समय दिन आवश्यक रहेको जानकारी दिइन् । अरुको कुरा सुनेर होइन आफु कस्तो व्यत्ति बन्ने त्यसमा ध्यान गर्न जरुरी रहेको उनले जानकारी दिइन ।

Next Post

कर्णालीमा ६ वर्षको अवधिमा प्रदेशभर ६ सय ९१ वटा विद्यालय भवन निर्माण

११ फाल्गुन २०८१, आईतवार १७:४०
सुर्खेत । कर्णाली प्रदेश सरकारले ६ वर्षको अवधिमा प्रदेशभर ६ सय ९१ वटा विद्यालय भवन निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/0७६ देखि गत आर्थिक वर्ष २०८०/0८१ सम्म प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय र सामाजिक विकास कार्यालयहरूबाट प्रदेशभर ६ सय ९१ विद्यालयका भवनमा दुई हजार चार सय […]