मुख्यमन्त्री कँडेलद्दारा मन्त्रीपरिषद विस्तार

  ।   १२ बैशाख २०८१, बुधबार १७:१०

सुर्खेत । गत चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री यामलाल कँडेलले १५ दिनपछि मन्त्रीपरिषद विस्तार गरेका छन् । कर्णाली प्रदेशको मन्त्री मण्डलमा एक जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियारले विना विभागीय मन्त्रीको पद तथा गोपनियताको सपथ लिएका हुन् । बुधबार प्रदेश प्रमुख तिलक परियालले सपथ खुवाएका हुन् ।

मन्त्रीमा नियुक्त भएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुन । सत्ता साझेदार दलविच मन्त्रालय भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रीपरिषद् विस्तार हुन सकेको थिएन् ।

मंगलबार एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि परियारले सपथ लिनुभएको हो । बाकीँ मन्त्रीको सपथ बिहिवार मुख्यमन्त्रीले बिस्वासको मत लिएपछी बिस्तार हुने जनाईएको छ

Next Post

उद्योग बाणिज्य संघ कालिकोटको मतदानमा तिन सय ६५ मत खसे

१२ बैशाख २०८१, बुधबार १७:१०
कालिकोट । उद्योग बाणिज्य संघ कालिकोटको चुनावको मतदान  दुई प्यानल बिच प्रतिशप्रधा हुने भएको छ । २१ ओैं चुनावी साधारणसभामा कालिकोट उद्योग बाणिज्य संघको आज बुधबार जिल्ला समन्वय समितिको हलमा निर्वाचन भईरहेको छ । जिल्ला समन्वय समितिको हलमा भईरहेको निर्वाचनमा जम्मा आठ सय ६५ मतदातामा अहीले सम्म तिन सय ६५ […]