पहिरोले छिन्चु जाजरकोट सडक अवरुद्ध

  ।   १ भाद्र २०८१, शनिबार १७:०७
फाइल फोटो

सुर्खेत । पहिरोले छिन्चु जाजरकोट खण्ड अवरुद्ध भएको छ । गएराति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

राजमार्ग अन्तर्गतको भेरी नगरपालिका १३ कुदुदेखि खलङ्गा नजिक खहरे खोला भीर र छेडागाड नगरपालिका १२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो । भेरी नगरपालिका ११ स्थित खोदा खोला नजिकै माथिबाट पहिरो आई सुर्खेत जाजरकोट सडक खण्ड अवरोध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत छेडागाड नगरपालिका(१२ काडलापहाडदेखि तल्लुबगरसम्मको सडक खण्डको ठाउँठाउँमा पहिरो झरेकोले सडक अवरुद्ध भएको बताए । केही स्थानमा पहिरो हटाएपनि शनिबार बिहान फेरी कुदु र मटेलाको बिचमा दुई ठाउँमा पहिरो गएका कारण अहिले छिन्चु जाजरकोट सडक खण्ड अवरुद्ध रहेको डिएसपी पाण्डेले जानकारी दिए।

सडक डिभिजन कार्यालयले बिहानैदेखि यहाँको पहिरो पन्छाउन थालेको छ । चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको र जेसीबी अभावमा सबैतिर समयमै बाटो खुलाउन समस्या भएको प्रहरीको भनाइ छ । हिजो पनि पहिरोको कारण यो सडक खण्ड करिब १० घण्टा पछि सुचारु भएको थियो ।

Next Post

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीप्रतिको भरोसा र विश्वास भएको :मुख्यमन्त्री कँडेल

१ भाद्र २०८१, शनिबार १७:०७
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीप्रतिको भरोसा र विश्वास भएको बताउनु भएको छ । शनिबार वीरेन्द्रनगरमा आयोजित प्रतियोगिताको तयारीसम्बन्धी सरोकारवालासँगको छलफल तथा परामर्श कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना हुने कुराको देश तथा विदेशबाट मूल्यांकन हुने बताउनु भएको हो । मुख्यमन्त्री कँडेलले अहिले नै खेलकुद […]