जुम्लाको खस सभ्यता र मौलिक संस्कृतिको हिउँदे भैलो रौनक

  ।   २४ पुष २०८१, बुधबार १३:१६

जुम्ला । जुम्लाको खस सभ्यता र मौलिक संस्कृतिको हिउँदे भैलो खेलिएको छ । परम्परागत रूपमा खेलिँदै आएको खस संस्कृतिको भैलोको यसबेला रौनक छ ।

पुस १५ बाट जुम्लामा सुरु भएको भैलो अहिले जुम्लाका गाउँबस्तीमा चलिरहेको छ । स्थानियले गाउँबस्तीसहित सरकारी कार्यालयमा भैलो खेल्न थालेका छन् । पुसको औँसी वा प्रतिपदाका दिनदेखि खेलिने भैलोको आफ्नै महìव छ । तातोपानी गाउँपालिका–१ का पहलमान कुँवरका अनुसार यस वर्ष पनि परम्परागत भैलो खेलिएको छ ।

उनँले गाउँका बुढापाकादेखि युवाले मौलिक वेशभूषामा खस संस्कृतिको भैलो खेलिएको बताउनुभयो । महिला तथा बुढाबुढी स्थानीय गीत गाएर भैली भन्दै हरेक आफन्तले घरको आँगनमा जाने र भैलो खेल्ने चलन रहेको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार अहिले कार्यालयमा समेत भैलो खेल्न थालिएको छ । घर घरमा भैलो खेल्ने र त्यहाँबाट प्राप्त चामल, दाल र नगद पछि पाटेभात ९वनमा गएर खाने भोज० खाने चलन छ ।

खस संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार १२ औँ शताब्दीतिर जुम्लाका राजा बलिराजाको पालादेखिे हिउँदे भैली खेल्ने चलन रहेको छ । दशकअघिसम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानीयस्तरको महìवपूर्ण पर्वका रूपमा लिइने उनको भनाइ छ ।

जानकारका अनुसार फुर्सदको हिउँदे मौसमलाई ध्यानमा गर्दै मङ्सिर पूर्णिमामा सानी भैलो सकाएर पुस औँसी वा कृष्ण प्रतिपदाबाट ठुली हिउँदे भैलो सुरु हुने गर्छ । हिउँद महिनामा कुनै पनि चाडपर्व नहुने भएकाले न्यास्रोपनालाई हटाउन हिउँदे भैली खेल्ने चलन भएको जानकार बताउँछन् ।

Next Post

महाबैको आधारभूत अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

२४ पुष २०८१, बुधबार १३:१६
कालिकोट । महाबै गाउँ पालिकामा एम्बुलेन्स हस्तान्तरण भएको छ । गाउँ पालिकामा रहेको आधारभूत अस्पताललाई सहज र द्रुत स्वास्थ्य सेवा प्रदान गर्न कान्थारी फाउन्डेसन र ओदा फाउन्डेसनको साझेदारीमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो । स्थानीयस्तरमा स्वास्थ्य सेवामा सुधार गर्ने उद्देश्यले दुर्गम क्षेत्रका बिरामीलाई आपतकालीन स्वास्थ्य सेवा लिन सजिलो हुने विश्वास गरिएको […]

सम्बन्धित शीर्षक