जुम्ला । दीक्षान्त समारोहको लागि करोडौं खर्च भएको भनिए पनि लाख समेत खर्च नभएको प्रतिष्ठानको दाबी सांसदलाई प्रतिष्ठान विरुद्ध बोलेको आरोप लागेको छ ।
कर्णालीकै सबैभन्दा ठूलो स्वास्थ केन्द्र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा हुने भनेको दीक्षान्त कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलिको स्वास्थ समस्याको कारण स्थगित भएको हो । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा हुन लागेको प्रथम दीक्षान्त समारोह प्रधानमन्त्रीको कारण स्थगित भएको थियो ।
अब स्थगित भएको दीक्षान्त समारोह झण्डै दुई महिना पछि कार्तिक २८ गते हुने भनेर प्रतिष्ठानले आधिकारिक सूचना प्रकाशन समेत गरिसकेको छ ।
प्रधानमन्त्रीले तय गरे अनुसार उक्त मितिमा कार्यक्रम हुने भएको छ ।
गत भदौ २३ गते हुने भनेको दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भइसक्दा पनि प्रधानमन्त्री नआउँदा कार्यक्रम प्रभावित बनेको हो । साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवनको समेत उट्घाटन हुने भनिएको थियो । कर्णाली स्वास्थ विज्ञानको आँखा विभागको उट्घाटन भने सोही दिन सम्पन्न भएको हो । उक्त आँखा विभागको उट्घाटन डाक्टर सन्दूक रुइतले गरेका थिए ।
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले भने दीक्षान्त समारोहको लागि करोडौं पैसा खर्च भएको बाहिर हल्ला फैलिएको छ । यो कार्यक्रमको लागि लाखौं पनि खर्छ नभएको उनले बताए । साथै उनले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीलाई उद्धृत गर्दै कर्णाली स्वास्थ विज्ञान भित्र भएका समस्याहरुको बारेमा संसदमा बोलिदिन पनि अनुरोध गरे । माननीय ज्ञानबहादुर शाही कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको विपक्ष रहेको समेत उनको आरोप छ ।