गृहमन्त्री लामिछानेलेद्धारा ठमेलका दुबै बजार क्षेत्र २४ सै घण्टा खुलेको घोषणा

  ।   १ बैशाख २०८१, शनिबार १९:१३

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष आजको दिनबाट ठमेलमा दुबै बजार क्षेत्र २४ सै घण्टा (पूर्णकालिन समय) खुलेको घोषणा गरीएको छ ।

नयाँ वर्षको अवसरमा ठमेल पर्यटन विकास परीषद् र दरवारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा आज ठमेलमा भएको कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री लामिछाने दुबै बजार क्षेत्र आजैदेखि २४ सै घण्टा (पूर्णकालिन समय) खुलेको घोषणा समेत गरेका हुन ।

बजार पूर्णकालिन समय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मापदण्ड, आचारसंहिता र सुरक्षा योजना जारी गरेको छ । मापदण्ड र आचारसंहिताले ठमेल र दरवारमार्ग क्षेत्रलाई आजको भन्दा राम्रो र पर्यटक मैत्री बनाउने र व्यवसायि तथा घरघनीको पनि हित हुने दुबै आयोजले विश्वास व्यक्त गरेका छन्।

Next Post

३ जनाको झडपमा छुरा प्रहारबाट एक जनाको मृत्यु

१ बैशाख २०८१, शनिबार १९:१३
सुर्खेत । खोटाङमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । शनिबार साँझ रुपाकोट मझुवागढी नगरपालिका–११ को मकैबारीमा तीन जना बिचको झडपमा छुरा प्रहार बाट मृत्यु भएको हो । सो झडवमा छुरा प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का ३१ वर्षीय धनजित राईको मृत्यु भएको हो। उनलाई सोही ठाउँका भिमबहादुर […]