कालिकोट । नेपालमा जातीय विभेद अन्त्य, सामाजिक न्याय र दलित अधिकार सुनिश्चितताका लागि आन्दोलन गरिएको ८४ वर्ष पूरा भएको छ । वि. सं. २०६३ मा तमन्ना वागचन (नेपाली) को अगुवाइमा शैलेश्वरी मन्दिर दलित महिला प्रवेश भएपछी जातीय विभेद अन्त्य, सामाजिक न्याय महसुज भए पनि आन्दोलन अझै जारी रहेका छन् । ।
साझा मञ्च नेपालका अध्यक्ष तथा नेकपा ( एकीकृत समाजवादी ) केन्दिय सदस्य बसन्त कुमार विश्वकर्माका अनुसार नेपालमा जातीय विभेद अन्त्य गर्न तयार एक डाटा अनुसार सुरुवात देखि अहीले सम्मका आन्दोलनहरु यस्ता छन् ।
१. वि.सं. १९९७ मा भगत सर्वजित विश्वकर्माले वाग्लुङ जिल्लामा विश्व सर्वजन संघको स्थापना गरि जातीय विभेदका विरूद्द असहयोग आन्दोलन अर्थात आरनको टुँडो भाँच्ने आन्दोलन शुरूवात ।
२. वि. सं. २००६ जेठमा भगत सर्वजित विश्वकर्माले सोली, डोली, भात भान्छा, आ( आफ्नो, मान्छे (जीव) बराबरीू हुन पाउँ भनी श्री ३ मोहनशम्शेर जवरा लाई माग पत्र पेश ।
३. वि. सं. २०११ मा सहर्षनाथ कपाली र गणेश योगीको अगुवाइमा पशुपति मन्दिर प्रवेश ।४। वि।सं। २०१४ मा नेपाल हरिजन संघको अगुवाइमा भद्र अवज्ञा आन्दोलन ।
५. वि. सं. २०२१ मा भोजपुरस्थित सिद्दिकाली मन्दिरमा पदम सुन्दास र लालकुमारीको अगुवाइमा मन्दिर प्रवेश ।
६. वि. सं. २०४७ मा नवलपरासी माकर गाविसमा चन्द्रबहादुर वि। क। को अगुवाइमा राम मन्दिर प्रवेश ।
७. वि. सं. २०५० मा गोरखा जिल्लाको गोरखकाली मन्दिर प्रवेश र विभिन्न संघसंस्थाको ऐक्यबद्धता ।
८. वि. सं. २०५० मा सिन्धुपाल्चोक सिपापोखरी कुवा पानी उबाउू कार्यक्रम ।
९. वि. सं. २०५६ मा सिराहको लहानमा मरेका पाँडो नफालेको कारण चमार वहिष्कार समितिवाट चमारहरूको सामाजिक वहिष्कार गरेकोमा सो को विरोध ।
१०. वि. सं. २०५८ मा गणेश विश्वकर्माको नेतृत्वमा डोटीको शैलेश्वरी मन्दिर प्रवेश । वैतडी जिल्लाको मेलौली गाविस भगवती मन्दिरमा दलितहरूद्वारा मन्दिरमा बली दिएको राँगो उठाउन अस्वीकार अचियान ।
११. वि. सं.२०५९ मा डोटीको १२ वटा गाविसमा दलितहरूद्वारा सिनो बहिष्कार अभियान शुरू ।
१२. वि. सं. २०७२ जेठ २ मा बसन्त कुमार विश्वकर्माको नेतृत्वमा ूसाझा मञ्च नेपालको स्थापना सुर्खेत मानवअधिकार तथा सामाजिक न्यायको लागि हाम्रो अभियान शुरू ।
१३. राजनीतिक दल, भातृ संगठन, दलित एवं गैससले संचालन गरेको अभियानहरू ।
१४. वि. सं. २०८१ असोज ३ संविधान दिवसको दिनसम्म दलितका लागि दलित अभियान नेपालका प्रमुख खगेन्द्र सुनारद्वारा दलितलाई खै ? नेल आन्दोलन ४४ दिन ।








