७ महिनाको बालक निशानको जीवन बचाउन सहयोगको अपिल

  ।   ३ चैत्र २०८२, मंगलवार ०८:२५

सहयोगको हार्दिक अपिल 

कालिकोट । कालिकोट जिल्ला, खाँडाचक्र नगरपालिका वडा नं. ०४ निवासी मनोज विश्वकर्माका ७ महिनाका नाबालक छोरा निशान बिक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। बालकको दुबै मिर्गौलामा समस्या हुनुका साथै कलेजोमा पनि गम्भीर असर देखिएको छ।

हालसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा उपचार सम्भव नभएपछि बालकलाई थप उपचार तथा अपरेशनका लागि काठमाडौंस्थित बालकान्ति अस्पताल लगियको छ।

तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन कठिन भइरहेको छ। यस कठिन परिस्थितिमा बालकको जीवन रक्षा गर्नका लागि देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दयालु मनहरूमा आर्थिक सहयोगका लागि हार्दिक अपिल गरिएको छ।

तपाईंको सानो सहयोगले एक निर्दोष बालकको जीवन बचाउन ठूलो योगदान पुग्न सक्छ।

सम्पर्क; लक्ष्मी विश्वकर्मा – ९८६६५१९७४७
सहयोगका लागि QR कोडमार्फत सहयोग गर्न सकिनेछ।

“एक थोपा सहयोग, अमूल्य जीवन बचाउने आधार”

Next Post

ढुङ्गा प्रहारबाट एक जनाको हत्या, एक पक्राउ, एक फरार

३ चैत्र २०८२, मंगलवार ०८:२५
बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२, पुडेनीमा ढुङ्गा प्रहारबाट एक जनाको हत्या भएको छ। स्थानीय अन्दाजी ३५ वर्षीय सर्वाश बुढाको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार सोमबार सोही ठाउँका अन्दाजी ४५ वर्षीय धनबहादुर महतरा र उनका १८ वर्षीय छोरा हेमराज महतराले सर्वाश […]