सुर्खेत । आगलागीबाट एक जनाको मृत्यु भएको छ । दाङ लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटेको आगलागीमा परेर मृत्यु भएको हाृे ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार राति गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पस्नुभएको थियो । त्यहीबेला आगोले जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । आगोले वीरबहादुरको घर गोठ तथा उहाँका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो निभाइएको जनाइएको छ ।