अपडेट

जुम्लामा ‘हिमाली संवाद’ सुरु

  ।   ९ बैशाख २०८२, मंगलवार १४:३५
oplus_2

जुम्ला। जलवायु संकटको प्रभाव र हिमाली बालबालिका तथा समुदायको आवाज’ भन्ने मूल नारासहित जुम्ला सदरमुकाम खलङ्गामा ‘हिमाली संवाद’ कार्यक्रम सुरु भएको छ।

जलवायु परिवर्तनको सन्दर्भमा हिमाली क्षेत्रमा परिरहेको असर, त्यसको समुदाय तथा बालबालिकामा परेको प्रभावबारे विस्तृत छलफल हुने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिदै छ ।

कार्यक्रमको उद्घाटन गर्दै किडार्क नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले भने, “नेपालले नखाएको विष लागेको छ। हामीबाट न्यून मात्रामा कार्बन उत्सर्जन भए पनि विश्वका अन्य मुलुकबाट भएको उत्सर्जनले हामीलाई असर गरिरहेको छ।” उनले कार्बन उत्सर्जन गरिरहेका मुलुकले क्षतिपूर्ति दिनुपर्ने माग पनि राखे।

सेभ द चिल्ड्रेनकी नेपालकी पहिलो कन्ट्री डाइरेक्टर तारा क्षेत्रीले जलवायु परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष असर सबैले भोगेको बताउँदै भनिन्, “यसको सबैभन्दा बढी प्रभाव बालबालिकामा परेको छ। अबको पुस्तालाई सुरक्षित वातावरण दिन हामी जिम्मेवार हुनुपर्छ।”

नेपाल पत्रकार महासंघ जुम्ला शाखाका कार्यबाहक अध्यक्ष नौरते नेपालीले हिमाली क्षेत्रको आवाज राज्यसम्म पुर्याउने प्रयासमा सबै जुट्नुपर्ने बताए। “विपन्न र पछि परेका समुदायको आवाज सगरमाथा संवाद र राज्यसम्म पुर्‍याउन सक्ने संवादको आवश्यकता छ,” उनले भने।

जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भने, “सबै सरोकारवालालाई समेटेर गरिएको यस्तो संवाद सकारात्मक छ। स्थानीय तहका जनप्रतिनिधिहरुले कति काम कार्यान्वयन गरेका छौं भन्ने आत्ममूल्यांकन गर्न जरुरी छ।”

Next Post

एकीकृत समाजवादी कालिकोटद्वारा असहाय बालबालिकालाई झोला र स्टेशनरी सामाग्री सहयोग

९ बैशाख २०८२, मंगलवार १४:३५
कालिकोट । नेकपा (एकीकृत समाजवादी) कालिकोटले जिल्ला सदरमुकाम मान्म स्थित न्यानो काख सेवा समाजमा रहेका असहाय बालबालिकाहरुलाई झोला तथा स्टेशनरी सामाग्री  बिरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवस अवसरमा पार्टीले न्यानो काख सेवा समाजको कार्यालयमै पुगि मंगलबार १३ जना बालबालिकालाई १३ वटा झोला र स्टेशनरी सामाग्री […]