काठमाडौं / कबड्डि खेलाडी मानमति बिष्ट शुक्रबार पल्सर स्पाेर्ट्स अवार्ड २०८० अन्तर्गत दाेस्राे भएकि छन् भने भलिबल खेलाडी कविता भट्टले अवार्ड जितेकी छिन्।
भलिबल खेलाडी भट्टले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन्।
राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् । घरेलु प्रतियोगितामा उनको प्रदर्शन अब्बल रहेको छ।
त्यस्तै कबड्डिकि मानमति पनि मतका आधारमा १९ प्रतिशत मत सहित दाेस्राे भएकि हुन् ।
बिष्ट नेपालकाे महिला कबड्डि टिमकाे कप्तानि गर्छिन र नेपालकाे ईतिहासमा एसियन खेल तर्थ सामुहिक खेलमा हालसम्म कुनैपनि बिधाले पदक प्राप्त नगरेकाे अवस्थामा पहिलाे पटक १९ औँ एसियालि खेलकुदमा नेपाललाई महिला कबड्डिबाट ऐतिहासिक कास्य पदक दिलाउन महत्त्वपूर्ण भुमिका खेलेकि खेलाडि रुपमा परिचित छिन। घरेलु प्रतियोगितामा पनि उनकाे प्रदर्शन अब्बल नै रहेकाे छ ।
मतका आधारमा १६ प्रतिशत सहित फुटबलकी प्रिती राई तेस्रो तथा क्रिकेटका गुल्सन झा र रग्बीका श्रीराम चौथो भए।
अवार्डमा बर्ष उत्कृष्ट टिमकाे अवार्ड पनि नेपाली राष्ट्रिय महिला कबड्डी टिमले प्राप्त गरेकाे छ ।