सुर्खेत । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माणका लागी रुख कटान प्रक्रिया सुरु भएको छ ।
राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ रुख काट्ने अनुमति पाएसँगै निर्माणको बाटो खुलेको र रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ । विसं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान अनुमति दिइएको थियो । सोही अनुमितअनुसार रुखमा छपान कार्य सकिएको आयोजना प्रमुख रवि चौधरीले बताए ।
बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार नौ सय १६ र बर्दिया राष्ट्रिय निकुञ्जका तीन हजार तीन सय २० रुखमा छपान गरिएको छ । सरकारले बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने छ हजार दुई सय ३६ रुख कटान अनुमति दिइएको हो । अहिले ती रुखमा छपान गरेर विभागमा विवरण पेस गरिएको छ । विवरण प्रमाणित भएर आएलगत्तै अबको केही दिनमा रुख कटानको काम सुरु हुने छ ।
अीहले सम्म ७० प्रतिशतकाम सम्पन्न भएको छ ।अब ३० प्रतिशत काम गर्न बाँकी रहेको र विसं २०८० चैतमा आयोजनाको सम्झौता सकिँदैछ । छ महिना म्याद थप गरेर आयोजनाको काम अघि बढाइने जनाइएको छ ।