दैलेख उपनिर्वाचन दुवै स्थानमा एमाले बिजय

  ।   १७ मंसिर २०८१, सोमबार ०७:५४

दैलेख । उपनिर्वाचन दैलेख दुवै स्थानमा नेकपा एमालेले जित हासिल गरेको छ। महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही ३ हजार १२७ मतसहित विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६७५ मत प्राप्त गरेका हुन। माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत ल्याउँदा रास्वपाका प्रकाशकुमार बुढाले ११२ मतमा सीमित रहेन पर्यो।

महाबुमा एमालेका लागि जित विशेष रहेको छ, यश क्षेत्रमा पहिला कांग्रेसले जितेको पालिका हो ।शाही यसअघि एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य र दैलेख जिल्ला अध्यक्ष थिए। तर, उपनिर्वाचनअघि एमालेमा फर्किएर उम्मेदवारी दिएका हुन ।

त्यस्तै, दुल्लु नगरपालिका वडा नम्बर १३ मा पनि एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत प्राप्त गरेका छन।

Next Post

मुस्कुराउदै मिलन भयो गायिका यशोदा र जर्माको

१७ मंसिर २०८१, सोमबार ०७:५४
कालिकोट । कर्णालीको चेलीको रुपमा परिचित गायिका विपना सिंहको तस्वीर समेत राखेर सामाजिक सञ्जालमा उनकि आमा जर्मा सिंहको अडियो भाइरल भएको बिबाद समाधान भएको छ । आइतबार रातिदेखि एकाएक सामाजिक सञ्जालमा चर्चा पाएको भिडीयो क्लिप सोमबार बिहानै देखि गायिका देवकोटाले फेसबुकबाट हटाएकि छन् । आइतबार विहान उधोग वाणिज्य संघको हलमा […]